राजावादीलाई सूर्य थापाले भने- लुटपाट गरेर, वियर चोरेर राजतन्त्र फर्किँदैन « Khabarhub

राजावादीलाई सूर्य थापाले भने- लुटपाट गरेर, वियर चोरेर राजतन्त्र फर्किँदैन


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षत्रीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनालाई लिएर राजावादीमाथि आक्रोश पोखेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले नागरिकका घर तोडफोड गरेर राजतन्त्र नआउने बताएका हुन् ।

‘चैत १५ गते तीनकुनेमा के के गरियो, दुनियाँले देखेका छन् । नागरिकका घरमा तोडफोड, लुटपाट र डकैतीका बलमा कस्ता हर्कत भए । राप्रपाका सांसद, नेता र महामन्त्रीहरू गएर त्यहाँ उत्पात मच्चाउने, राजा चाहिन्छ भन्दै व्यवस्था बदल्न अनेक हर्कत गर्ने । अनि बाहिर आएर पानीमाथिको बन्ने’, उनले भने, ‘व्यवस्था लुटपाट आगजनीबाट बदलिँदैन। वियर चोरेर बदलिँदैन ।’

उनले छिपछिपे सहकारीमा मुछिएकी सांसद गीता बस्नेतलाई सार्वजनिक गर्न पनि राप्रपालाई चुनौती दिएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १२ : ३९ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब