सिरहामा ब्राउनसुगरसहित एक भारतीय पक्राउ « Khabarhub

सिरहामा ब्राउनसुगरसहित एक भारतीय पक्राउ


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा पाँच ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक भारतीय युवकलाई  प्रहरीले  पक्राउ गरेको  छ ।

सिरहा नगरपालिका -१७ खैरटोकाबाट भारत विहारको मधुबनी जिल्ला कमलाबारी ग्राम पञ्चायत ६ का करिब ३५ वर्षीय धर्मेन्द्र यादवलाई पाँच ग्राम ४८० मिलिग्राम ब्राउन सुगरसहित आइतबार राती प्रहरीले पक्राउ गरेको  हो ।

 इलाका प्रहरी कार्यालय माडर र सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म माडरबाट खटीएको संयुक्त टोलीले धमेन्द्र आफैले माडरमा सञ्चलन गरेको अजय होटल तथा मदिरा मसलमा लाग पदार्थको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा पसलमा खान तलासी गर्दा खाली बियरको कार्टुनमा लुकाई राखेको अवस्थामा उक्त लागु पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।

पक्राउ परेका यादवलाई सम्मानित  जिल्ला अदालत सिरहाबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय  सिरहाले जनाएको  छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ४ : ५१ बजे

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित