नेपालमा १२४ वटा मातृ भाषा बोलिन्छ, धेरै बोलिने दोस्रोमा नेपाली « Khabarhub

नेपालमा १२४ वटा मातृ भाषा बोलिन्छ, धेरै बोलिने दोस्रोमा नेपाली


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा १२४ वटा मातृभाषा बोलिने गरेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा १२४ वटा मातृभाषा, ११७ वटा दोस्रो भाषा र १२४ वटा पुर्खाको भाषा नेपालमा पाइएको हो ।

२०७८ सालको जनगणनाको तथ्यांक विश्लेषण गर्दै कार्यालयले प्रकाशन गरेको तथ्यांकले मुख्य गरेर सिनो–तिब्बती र इन्डो–युरोपेली भाषा परिवार बोलिने जसले कुल जनसङ्ख्याको ९९.७ प्रतिशत ओगटेको देखाएको छ । मातृभाषाका रूपमा सबैभन्दा धेरै बोलिने भाषा भने नेपाली ४४.९ प्रतिशत नेपालीले बोल्ने गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै कम्तीमा एक लाख भन्दा धेरै बोल्ने मान्छे भएका भाषा नेपालमा २१ वटा छन् । नेपालमा सबैभन्दा धेरै नेपाली भाषा बोल्ने विशेष घनत्व गण्डकी प्रदेशको पश्चिम भागदेखि कर्णाली पदेशमा रहेको तथ्यांकले देखाएको छ ।

मधेश प्रदेशका सबै जिल्लाहरूमा दुईवटा भाषा बोल्ने मानिसको संख्या उच्च रहेको छ । २०६८ सालको जनगणनाको तुलनामा २०७८ सालको जनगणनासम्म आइपुग्दा दोस्रो भाषाको रूपमा नेपाली भाषा बोल्नेको संख्यामा वृद्धि हुँदै गएको अध्ययनले देखाएको छ ।

२०६८ सालको जनगणनाअनुसार कुल जनसंख्यामध्ये ७९.५ प्रतिशतले नेपाली भाषालाई दोस्रो भाषाको रूपमा बोल्दथे भने २०७८ सालमा यस्तो जनसंख्या वृद्धि भएर ८९ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ४ : ५९ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल