कार दुर्घटानमा परे बलिउड गायक पवनदीप « Khabarhub

कार दुर्घटानमा परे बलिउड गायक पवनदीप


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘इन्डियन आइटल सिजन १२’का विजेता पवनदीप राजन कार दुर्घटनामा परेका छन् । उनी सोमबार बिहान ३ बजे आसपास भारतको उत्तर प्रदेशको अमरोह जिल्लाको नेसनल हाइवेमा दुर्घटनामा परेका भारतीय मिडिया आजतकले उल्लेख गरेको छ ।

पवनदीप चढेको कार सडकको किनारामा रोकर राखेको कन्टिनरसँग ठोक्किएको हो । कारको अगाडिको भाग कुच्चिएको छ । यस दुर्घटनामा पवनसहित तीन जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनाको जानकारी पाउने बित्तिकै घाइतेहरुलाई प्रहरीले उद्धार गरेको थियो । स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि पवनलाई नोएडा रिफर गरिएको आजतकले जनाएको छ ।

पवनदीप कार्यक्रमका लागि उत्तराखण्डको चम्पावतबाट दिल्ली जाँदै गर्दा यो दुर्घटना भएको बुझिएको छ । पवन उत्तराखण्डका बासिन्दा हुन् ।

चालक निद्रामै रहेका कारण पवनदीपको गाडी अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । इटीभी भारतका अनुसार पवन र उनका साथी अजय मेहेरा चढेको उक्त कार उनका ड्राइभर राहुल सिंहले हाँकेका थिए ।

पवनको देब्रे खुट्टा र दाहिने हातमा चोट लागेको दुर्घटनास्थलबाट बाहिरिएको भिडियोमा देख्न सकिन्छ । अहिले उनी नोयडामा उपचाररत छन् । अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिएको छैन ।

उनी अस्पतालको बेडमा रहेको एक भिडियो बाहिरिएको छ । जसमा उनी बोलिरहेको सुन्न सकिन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ५ : १५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५