कार दुर्घटानमा परे बलिउड गायक पवनदीप « Khabarhub

कार दुर्घटानमा परे बलिउड गायक पवनदीप


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘इन्डियन आइटल सिजन १२’का विजेता पवनदीप राजन कार दुर्घटनामा परेका छन् । उनी सोमबार बिहान ३ बजे आसपास भारतको उत्तर प्रदेशको अमरोह जिल्लाको नेसनल हाइवेमा दुर्घटनामा परेका भारतीय मिडिया आजतकले उल्लेख गरेको छ ।

पवनदीप चढेको कार सडकको किनारामा रोकर राखेको कन्टिनरसँग ठोक्किएको हो । कारको अगाडिको भाग कुच्चिएको छ । यस दुर्घटनामा पवनसहित तीन जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनाको जानकारी पाउने बित्तिकै घाइतेहरुलाई प्रहरीले उद्धार गरेको थियो । स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि पवनलाई नोएडा रिफर गरिएको आजतकले जनाएको छ ।

पवनदीप कार्यक्रमका लागि उत्तराखण्डको चम्पावतबाट दिल्ली जाँदै गर्दा यो दुर्घटना भएको बुझिएको छ । पवन उत्तराखण्डका बासिन्दा हुन् ।

चालक निद्रामै रहेका कारण पवनदीपको गाडी अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । इटीभी भारतका अनुसार पवन र उनका साथी अजय मेहेरा चढेको उक्त कार उनका ड्राइभर राहुल सिंहले हाँकेका थिए ।

पवनको देब्रे खुट्टा र दाहिने हातमा चोट लागेको दुर्घटनास्थलबाट बाहिरिएको भिडियोमा देख्न सकिन्छ । अहिले उनी नोयडामा उपचाररत छन् । अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिएको छैन ।

उनी अस्पतालको बेडमा रहेको एक भिडियो बाहिरिएको छ । जसमा उनी बोलिरहेको सुन्न सकिन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ५ : १५ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा