भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा इरानी विदेशमन्त्री इस्लामावादमा « Khabarhub

भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा इरानी विदेशमन्त्री इस्लामावादमा


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा इरानका विदेशमन्त्री इस्लामावाद पुगेका छन् । भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक जना नेपाली सुदिप न्यौपानेसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध हुने त्रासका बीच इरानी विदेशमन्त्री इस्लामावाद पुगेका हुन् ।

विदेशमन्त्री अब्बास अराघची एक दिन पाकिस्तान भ्रमणका क्रममा सोमबार इस्लामावाद पुगेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानको विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीले भ्रमणका क्रममा भारत पाकिस्तान तनावका विषयमा छलफल गर्नेबारे केही उल्लेख गरेको छैन ।

यद्यपि पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मोघदामले भने भारत र पाकिस्तानबीच जारी तनावबारे पनि छलफल हुने जनाएका छन् ।

इस्लामावादपछि इरानी विदेशमन्त्री यसै साता भारतको भ्रमणमा पनि जाने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : १० बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र