यु–१९ पुरुष साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको बिदाइ « Khabarhub

यु–१९ पुरुष साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीको बिदाइ


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यु–१९ पुरुष साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई बिदाइ गरिएको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा अध्यक्ष पंकजविक्रम नेम्वाङले नेपाली राष्ट्रिय टोलीलाई बिदाइ गरेका हुन् । सो क्रममा अध्यक्ष नेम्वाङले उच्च मनोबलका साथ अनुशासित भएर मैदान उत्रन आग्रह गरे । 

उनले आफू एन्फाको जिम्मेवारीमा रहेसम्म नेपाली फुटबल र खेलाडी लगायतका सरोकार निकायसँग इमानदार भएर काम गर्ने प्रतिबद्धता गरे। भ्रष्टाचारीहरुले लगाएका आरोपहरूलाई कहिल्यै पनि सत्य हुन नदिने प्रतिबद्धता उनले जनाए ।  

यु–१९ पुरुष साफ च्याम्पियनसिप यही वैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म भारतमा आयोजना हुनेछ । च्याम्पियनसिपमा माल्दिभ्स, भुटान र बंगलादेश समूह ’ए’ मा छन् भने नेपाल, आयोजक भारत र श्रीलंका समूह बीमा छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : २५ बजे

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी