कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु  | Khabarhub Khabarhub

कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु 


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले देशमा हरेक वर्ष करिब बीस हजार नयाँ क्यान्सरका बिरामी देखिने र तीमध्ये करिब १४ हजार जनाको दुःखद निधन हुने गरेको जानकारी दिए।

उनले भने, ‘हाम्रो १.७ करोड जनसङ्ख्याको सन्दर्भमा यो सङ्ख्या निकै चिन्ताजनक छ ।’

 प्रधानमन्त्रीले यो कुरा राष्ट्रिय क्यान्सर नियन्त्रण योजना सन्  २०२५-२०३० सार्वजनिक गर्ने कार्यक्रममा सम्बोधन गर्दै बताए।

उक्त योजना क्यान्सरका नयाँ घटनाहरू र मृत्युदर घटाउने उद्देश्यले तयार गरिएको हो । यसले रोकथाम, प्रारम्भिक जाँच, समयमै उपचार तथा समुचित हेरचाहमा जनताको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।

प्रधानमन्त्रीले नागरिकहरूलाई स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे । साथै, उनले सम्बन्धित निकायहरूलाई खाद्य वस्तु, फलफूल र तरकारीको गुणस्तर तथा सुरक्षाको नियमित रूपमा अनुगमन गर्न निर्देशन दिए। स्वास्थ्यमन्त्री छेआङ राले  क्याम्बोडियामा सबैभन्दा धेरै कलेजोको क्यान्सर देखिने बताए। त्यसपछि फोक्सो, स्तन, ठूलो आन्द्रा र पाठेघरको मुखको क्यान्सर पनि धेरै पाइन्छ ।

उनका अनुसार, ‘देशमा हरेक दिन करिब ३८ जनाको ज्यान क्यान्सरका कारण गइरहेको छ ।’

राजधानी फ्नोम पेन्हको दक्षिणपश्चिम क्षेत्रस्थित लुओङ मे अस्पताल क्यान्सरको उपचार तथा हेरचाहका लागि देशकै सबैभन्दा ठूलो केन्द्र हो ।
 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : १६ बजे

नेतान्याहुको चेतावनी – कुनै हालतमा प्यालेस्टिनी राज्य हुनेछैन

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई

झापामा चार वर्षीया बालिकाको डुबेर मृत्यु

सुरुङ्गा– झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ

दशैँ भिडन्त : थामिएला प्रकाशको ओरोला यात्रा ? समीरलाई ‘एक्सन स्टार’ ट्याग जोगाउने दबाब

काठमाडौँ– फिल्म रिलिजका लागि सबैभन्दा प्राइम डेट मानिने फूलपाती (असोज

‘जेरी अन टप’को गीतमा आँचलसँग रोमान्टिक अनमोल

काठमाडौं – असोज ३१ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘जेरी

चार महिनापछि रारा विमानस्थलमा उडान

मुगु– मुगुको रारा विमानस्थलमा चार महिनापछि नेपाल एयरलाइन्सले आज उडान