पहिलोपटक उद्योगी व्यवसायीसँग छलफलमा बालेन « Khabarhub

पहिलोपटक उद्योगी व्यवसायीसँग छलफलमा बालेन


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पहिलोपटक उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन् । ‘सिप मेला’को सन्दर्भमा मेयर बालेनले उद्योगी व्यवसायीसँग छलफल गरेका हुन् । 

यस वर्ष २०८१ जेठ ७ गतेदेखि टुँडिखेलमा गएको वर्ष जस्तै सिप मेला सञ्चालन गर्ने तयारी महानगरको छ । मेलाका लागि उद्योगी र व्यवसायीबाट जनशक्ति उत्पादन गर्ने महानगरको योजना रहेको छ । सोही सिलसिलामा मेयर बालेनले उद्योगी व्यवसायीसँग छलफल गरेको हुन् । 

बालेनसँगको छलफलमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्य, केएल दुगड ग्रुपका अध्यक्ष कुमुद दुगड, सूर्य नेपालका उपाध्यक्ष रवि केसी र उपमहाप्रबन्धक प्रेम अर्याल, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्माण चौधरी, एनसेल फाउन्डेसनका निर्देशक विशाखा लक्ष्मी खड्का, त्रिवेणी ग्रुपका अध्यक्ष रामचन्द्र संघाइ, शंकर ग्रुपका अखिल गुप्तासहित प्रतिनिधि रहेका थिए ।
 
छलफलमा उद्योग तथा वाणिज्य क्षेत्रले कस्ता खालका जनशक्ति आवश्यकता रहेको भन्दै उद्योगी व्यवसायीलाई सोधेका थिए ।

‘महानगरपालिकासँग जनशक्तिको प्रकृति माग गरिदिनुभयो भने हामी त्यसैअनुरुपका तालिम सञ्चालन गर्छौँ । यहाँहरूले गर्ने जनशक्तिको माग नै हाम्रा लागि ठुलो सहयोग हुनेछ’, मेयर बालेनले उद्योगीसँग भनेका थिए, ‘हामी मानव पुँजी र निजी, उद्योग तथा वाणिज्य क्षेत्रका बिचमा भएको सम्बन्ध खाडल पुर्ने प्रयास गर्नेछौँ ।’

निजी, उद्योग तथा वाणिज्य क्षेत्रसँग महानगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्य गर्न चाहेको बालेनले बताएका थिए । ‘यस सहकार्यबाट देशभित्र नै रोजगारीको सम्भावना देखिन्छ । निराश भएका युवाहरूमा आशा पलाउँछ’, मेयरले भने, ‘यो आशा भनेको रोजगार र स्वरोजगार क्षेत्रका लागि प्रभावकारी परामर्श हुनेछ ।’

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले गत वर्षको रोजगार मेलामा २ हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएकोमा २ हजार ७२५ जनालाई तालिम प्रदान गरिएको बताए । तालिम लिएकामध्ये स्वदेश र विदेश गरी करिब १ हजार २ सय जनाभन्दा बढी प्रत्यक्ष रोजगारीमा आबद्ध भएको झाले जानकारी दिए । 

मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा सुरु भएको थियो । त्यस संस्करणमा तालिमका लागि ६८ हजार ८ सय ६६ जनाले आवेदन दिएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : ५७ बजे

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौं–  सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२-८३ मा सातवटा मुद्दा

२६ दिनमा सोनम वाङ्चुकले तोडे अनसन

काठमाडौँ – भारतमा प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर विगत

‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ)र अवैधानिक वित्तीय कारोबार

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

काठमाडौं– नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर

भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

काठमाडौँ – नेपाली चलचित्रका चर्चित अभिनेता नाजिर हुसेनले दिल्लीस्थित इन्दिरा