भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को वार्षिकोत्सवमा सांस्कृतिक साँझ « Khabarhub

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को वार्षिकोत्सवमा सांस्कृतिक साँझ


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ७५ औँ वार्षिकोत्सवको अवसरमा एक सांस्कृतिक साँझ गरेको छ ।

त्यही क्रममा पूर्वविद्यार्थीहरूको भेला कार्यक्रम पनि आयोजना गरिएको छ । जसमा पूर्वराष्ट्रपति डा. रामवरण यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

जसमा आईसीसआरसी नेपालका विद्यार्थीहरु र आईसीआरसी केन्द्रीय कार्यालयका विद्यार्थीको प्रस्तुति थियो । उनीहरूले संगीत र नृत्यमार्फत भारत र नेपालको मित्रताको उत्सव मनाए ।

आईसीआरसी केन्द्रका पूर्वविद्यार्थीहरुले पनि आफ्नो प्रेरणादायी यात्रा र आफ्नो करिअरलाई अघि बढाउन भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले खेलेको भूमिकाबारे विचार राखे ।

उक्त कार्यक्रममा बोल्दै डा. यादवले आफू भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को विद्वान भएको नाताले त्यससम्बन्धी आफ्नो अनुभव बाँडे ।

उनले भारत र नेपालबीचको सदियौँ पुरानो ऐतिहासिक र सभ्यतागत सम्बन्ध र बलियो सांस्कृतिक र जनता-जनताबीचको सम्बन्धको प्रशंसा गरे । यस सम्बन्धको उत्सवमा उनले भारतीय दूतावास परिसरमा टाँकीको बिरुवा पनि रोपे ।

कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीचको सांस्कृतिक र जनता-जनताबीचको सम्बन्धलाई सुदृढ पार्न भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को महत्वपूर्ण भूमिका रहेको बताए । उनले यी सम्बन्धलाई प्रवर्द्धन गर्न भारतकातर्फबाट निरन्तर प्रतिबद्धतालाई जोड दिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ७ : ०७ बजे

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि