भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को वार्षिकोत्सवमा सांस्कृतिक साँझ « Khabarhub

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को वार्षिकोत्सवमा सांस्कृतिक साँझ


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ७५ औँ वार्षिकोत्सवको अवसरमा एक सांस्कृतिक साँझ गरेको छ ।

त्यही क्रममा पूर्वविद्यार्थीहरूको भेला कार्यक्रम पनि आयोजना गरिएको छ । जसमा पूर्वराष्ट्रपति डा. रामवरण यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

जसमा आईसीसआरसी नेपालका विद्यार्थीहरु र आईसीआरसी केन्द्रीय कार्यालयका विद्यार्थीको प्रस्तुति थियो । उनीहरूले संगीत र नृत्यमार्फत भारत र नेपालको मित्रताको उत्सव मनाए ।

आईसीआरसी केन्द्रका पूर्वविद्यार्थीहरुले पनि आफ्नो प्रेरणादायी यात्रा र आफ्नो करिअरलाई अघि बढाउन भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले खेलेको भूमिकाबारे विचार राखे ।

उक्त कार्यक्रममा बोल्दै डा. यादवले आफू भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को विद्वान भएको नाताले त्यससम्बन्धी आफ्नो अनुभव बाँडे ।

उनले भारत र नेपालबीचको सदियौँ पुरानो ऐतिहासिक र सभ्यतागत सम्बन्ध र बलियो सांस्कृतिक र जनता-जनताबीचको सम्बन्धको प्रशंसा गरे । यस सम्बन्धको उत्सवमा उनले भारतीय दूतावास परिसरमा टाँकीको बिरुवा पनि रोपे ।

कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीचको सांस्कृतिक र जनता-जनताबीचको सम्बन्धलाई सुदृढ पार्न भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को महत्वपूर्ण भूमिका रहेको बताए । उनले यी सम्बन्धलाई प्रवर्द्धन गर्न भारतकातर्फबाट निरन्तर प्रतिबद्धतालाई जोड दिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ७ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै