पुँजी बढाउने समय र सेवा थप माग गर्दै सेबोनको कार्यलयमा ब्रोकर | Khabarhub Khabarhub

पुँजी बढाउने समय र सेवा थप माग गर्दै सेबोनको कार्यलयमा ब्रोकर

समिति बनाउने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्टक ब्रोकर एशोसिएसन अफ नेपालको टोलीले नेपाल धितोपत्र बोर्डका पदाधिकारीलाई भेट गरेको छ । एशोसिएनको अध्यक्ष सागर ढकालको सहितको टोलीले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग भेट गरेका छन् । 

सोमबार बोर्डको कार्यालय ललितपुरमा धितोपत्र दलाल व्यवसायीले प्रदान गर्ने सेवालाई थप विस्तारित एवम् प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको थियो । 

ब्रोकरहरूको चुक्ता पुँजी २० करोड रुपैयाँ पुर्‍याउन दिएको समय जेठबाट सकिँदै छ । त्यस अगाडि बोर्डका अध्यक्ष श्रेष्ठसँग ब्रोकरहरूले समय थपको माग गर्दै भेट गर्न गएका थिए । 

भेट सकारात्मक रहेको एशोसिएनका अध्यक्ष ढकालले जानकारी दिएका छन् । ब्रोकरको तर्फबाट पुँजी बढाउन समय थप र ब्रोकरलाई अन्य सेवाहरू पनि थप दिनुपर्ने मुख्य माग रहेको ढकालले जानकारी दिए । 

उनका अनुसार अध्यक्ष श्रेष्ठले एउटा कमिटी बनाएर ऐन संशोधनको विषयमा काम गर्ने ब्रोकरलाई प्रतिबद्धता गरेको बताए । ‘अध्यक्ष ज्यूले एउटा कमिटी बनाएर जाने भन्नुभएको छ’, ढकालले भने, ‘हाम्रो माग सम्बोधन हुन्छ ।’

ब्रोकरहरूले पुँजी व्यक्तिको समय थप हुनुपर्ने माग गर्दै आएका छन् । धितोपत्र बोर्डले मर्जरको उपाय दिए पनि अहिलेसम्म कुनैपनि ब्रोकरहरू मर्जरमा जाने घोषणा भने गरेका छैनन् । 

हेर्नुहोस् यस्तो थियो ब्रोकरको माग

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ७ : २० बजे

सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन

बलिउडका वरिष्ठ हास्य कलाकार गोवर्धन असरानीको निधन

काठमाडौं– बलिउडका वरिष्ठ अभिनेता तथा हास्य कलाकार गोवर्धन असरानीको ८४

एमालेबाट शंकर र प्रदीप जाने, कांग्रेसले शान्ति सुरक्षाको मुद्दा उठाउने

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भदौ २७ गते बनेयता पहिलो पटक

रूपन्देहीमा साढे १८ लाख बराबरको अवैध सामानसहित पाँच जना पक्राउ

देवदह– जिल्ला प्रहरी कार्यालय रूपन्देही तथा मातहतबाट खटिएको टोलीले सोमबार

राष्ट्रिय सम्मानसहित विपिनको अन्तिम बिदाइ (तस्बिरहरू)

कञ्चनपुर– हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको