रारा राष्ट्रिय निकुञ्जभित्र एनटीएनसीको फिल्ड कार्यालय उद्घाटन « Khabarhub

रारा राष्ट्रिय निकुञ्जभित्र एनटीएनसीको फिल्ड कार्यालय उद्घाटन


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)ले रारा राष्ट्रिय निकुञ्जको मुख्यालय परिसरभित्र कार्यालय खोलेको छ ।

सोमबार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले कोषको रारास्थित कार्यालयको उद्घाटन गरेका हुन् ।

निकुञ्जको केन्द्रीय कार्यालय रहेको हुटुमा कोषको रारा संरक्षण कार्यक्रम अफिसको उद्घाटन गरिएको कोषका सदस्य सचिव डा. नरेश सुवेदीले बताए ।

उक्त कार्यालयले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर, हिमाली पर्यापर्यटन तथा रारा क्षेत्रको जैविक विविधता सम्बन्धी संरक्षण तथा अध्ययन अनुसन्धान गर्ने सदस्य सचिव सुवेदीले बताए ।

कोषका अध्यक्षसमेत रहेका वन मन्त्री शाहीले रारामा स्थापित कार्यालयबाट मुगुवासीका लागि जैविक विविधता तथा जलवायु परिवर्तनलगायत क्षेत्रमा प्रभावकारी काम हुने विश्वास जनाए ।

कर्णाली प्रदेशमा कोषको यो पहिलो कार्यालय हो । नयाँ कार्यालयले कर्णाली प्रदेशमा जैविक विविधता संरक्षण, सामुदायिक सहकार्य, र पर्या पर्यटन प्रवर्द्धनलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ ।

एनटिएनसी अन्तर्गतको बर्दिया संरक्षण कार्यक्रमले हाल उक्त फिल्ड अफिसको प्रारम्भिक गतिविधिको संयोजन गरिरहेको छ ।

एनटिएनसीका अनुसार यो पहल नेपालको एक दुर्गम तर जैविक दृष्टिले समृद्ध भूभागमा संरक्षण तथा दिगो विकासलाई नयाँ उचाइमा लैजाने रणनीतिक कदम बन्ने छ ।

यससँगै कोषको मधेश प्रदेशबाहेक सबै प्रदेशमा कार्यालय विस्तार गरेको छ । कोषले तराई क्षेत्रलाई लक्षित गरेर कोसी, चितवन, बर्दिया र शुक्लाफाँटामा कार्यालय सञ्चालन गरेको कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले बताए ।

हाल कोषले गौरीशंकर संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्र व्यवस्थापन गर्दै आएको अधिकृत पोखरेलले बताए । यस्तै, सदर चिडियाखाना जावलाखेलको पनि कोषले नै व्यवस्थापन गरिरहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ७ : २७ बजे

फिल्म ‘साम्राज्य’मा सौगात र दयाहाङ

काठमाडौं – सौरभ चौधरीको निर्देशनमा बन्ने र बिग बजेट भनेर

मदनकृष्णको बायोपिकमा वर्षाको प्रवेश, हरिवंशको श्रीमतीको भूमिका निर्वाह गर्ने

काठमाडौं – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’मा नायिका

लाल सागरमा हुथी आक्रमण : यमनी मालवाहक जहाजमा ६ जनाको मृत्यु

काठमाडौं – लाल सागरको बाब अल–मन्डेब जलडमरूमध्यमा हुथी विद्रोहीहरूले मालवाहक

ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

चितवन– चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन

मोन्ट्रा इलेक्ट्रिकद्वारा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं– भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले नेपालमा प्रवेश गरेको छ । कम्पनीले काठमाडौंमा