ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेका एकको मृत्यु, एक घाइते « Khabarhub

ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेका एकको मृत्यु, एक घाइते


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा आज बेलुकी ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको भने अर्का एक घाइते भएका छन् ।

जन्ती गएका दुवै जनालाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमा मृत्यु भएको र अर्का एक युवा घाइते भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ठक्करबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ४० वर्षीया गीता परियारको मृत्यु भएको हो । घाइते हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २३ वर्षीय योजन राई रहेका छन् ।

हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कदै गरेको बस उदयपुरको चौनपा–४ बर्खेडाँडाको सडकमा राकिएको थियो । जन्तीहरू होटलमा नास्ता खाएर फर्किने क्रममा पछाडिबाट आइरहेको ना३त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय प्रमुख बबिन राईले जानकारी दिए।

हाल ट्याक्टर चालक उदयपुरको चौनपा–४ बस्ने ३० वर्षीया विजय विकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए । घाइते राईलाई उपचारको लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ९ : ३३ बजे

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला

उपत्यका विकास प्राधिकरणले भन्यो, सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँका अतिक्रमित जग्गामा बनाइएका संरचना

जर्मनीले भन्यो, ‘इरान युद्ध हाम्रो होइन, हामी फस्न चाहँदैनौं’

बर्लिन– जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले इरानविरूद्धको युद्धलाई विश्व अर्थतन्त्रका

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक, बालेन्द्रलाई दलको नेता बनाइँदै

काठमाडौं– नयाँ सांसदहरूको शपथपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजै