कञ्चनपुरमा रेबिजविरुद्धको खोप अभाव | Khabarhub Khabarhub

कञ्चनपुरमा रेबिजविरुद्धको खोप अभाव


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप (एआरभी)अभाव भएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट अस्पताललाई खोप उपलब्ध नहुँदा अभाव भएको हो ।

अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको रेबिजविरुद्धको खोप अभाव भएपछि सेवाग्राही मर्कामा परेका हुन् । “एक हप्ता अगाडिसम्म अस्पतालमा ६० भाइलसम्म खोप उपलब्ध थियो”, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले भने, “अहिले पूरै सकिएको छ, सार्वजनिक सूचनानै जारी गरेर रेबिजविरुद्धको निःशुल्क खोप अभाव भएको जानकारी गराइसकेका छौँ ।”

आपूर्ति व्यवस्थापन केन्द्रबाट उपलब्ध हुने निःशुल्क खोप अभाव भएकाले उनले सेवाग्राहीले बाह्य क्षेत्रका मेडिकलबाट खोप खरिद गरेर ल्याएमा अस्पतालका स्वास्थ्यकर्मीले लगाई दिने बताए ।

“रेबिजविरुद्धको खोप लगाउने कार्य बन्द गरेका छैनौँ”, उनले भने, “खोप अभावले निःशुल्क सेवा मात्रै छैन ।”

उनका अनुसार महिनामा अस्पतालमा रेबिजविरुद्धको ४०० देखि ५०० भाइल खोप खपत हुने गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमै खोप अभाव भएकाले खोप उपलब्ध हुन एक हप्ता लाग्ने जानकारी पाएको उनले बताए ।

अस्पतालसँगै स्थानीय तहमा रहेका स्वास्थ्यचौकीहरुमा पनि निःशुल्क उपलब्ध हुँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । पिपलाडी स्वास्थ्यचौकीका प्रमुख दुर्गा भट्टका अनुसार रेबिजविरुद्धको खोप अभाव भएको तीन साता बढी भैसकेको छ ।

माग गर्दै आए पनि हालसम्म आपूर्ति हुन नसकेको उनले जानकारी दिए । खोप अभाव भएपछि चर्को मूल्यमा सेवाग्राहीले निजी मेडिकलबाट रेबिजविरुद्धको खोप खरिद गर्न बाध्य छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १० : २८ बजे

धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ती शिविर सञ्चालन गरेर

प्रधानमन्त्रीले भने- अर्को सरकार बनाउने खेलमा एमाले छैन, ०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

दमौली– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ

कञ्चनपुरमा आगलागीबाट एक लाख बराबरको धनमाल जलेर नष्ट

कञ्चनपुर– कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने बिन्तिराम चौधरीको गोठमा मंगलबार बिहान आगलागी हुँदा