आज २०८२ साल जेठ २२ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ २२ गते बिहीबारको राशिफल


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ २२ गते बिहीबार। जेठ शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ जुन ५ तारिख। विश्व वातावरण दिवस। गंगा दशहरा व्रत। गोसाइँकुण्ड स्नान समाप्ति। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। मन खुशी रहनेछ। साथीभाइसँगको सहकार्यमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ। खानपानमा भने समस्या हुने खतरा छ।

वृष : दिन राम्रो छ। पढाइ र प्रेम सम्बन्धमा सफलता मिल्नेछ। व्यापारमा लगानी भए आम्दानी बढ्नेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुने दिन छ। परिवारको साथ र सहयोग मिल्ने छ।

मिथुन : दिन सामान्य छ। आफ्नो मूल्यांकन गर्न नसक्दा मन अशान्त बन्नेछ। खानपानमा समस्या हुनेछ। संकटको समयमा राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ।

कर्कट : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। सानो विवादले मनमा ठुलो छटपटी बढ्नेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या बढ्ने जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। पुरानो साथीसँगको भेटले नयाँ योजना बन्ने छ। राज्यबाट जोखिम रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। परिवार भित्रबाटै दैनिक काममा अवरोध हुने जोखिम छ।

कन्या : दिन राम्रो छ। नयाँ लुगा लगाउने रहर बढ्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बोल्दा तीन पटक सोच्नुपर्ने दिन छ।

तुला : हौसिएर खर्च गर्ने बानीले मन अशान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा भए पनि विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने छ। स्वास्थ्यमा सुधार हुनेछ। हरेक काममा मिहिनेत गर्नुपर्ने दिन छ।

वृश्चिक : बौद्धिक साथीसँग विवाद नगर्नु उचित हुन्छ। धर्मको विरोध नगरी अगाडि बढ्नु उचित हुनेछ। पारिवरिक सम्बन्ध सुमधुर बन्नेछ। दैनिक काम सहजै सम्पन्न हुने योग छ।

धनु : सानो कुराले मनमा झन्झट बढ्नेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परिवार भित्रबाट भन्दा बाहिरका साथीको प्रशंसा सुन्नुपर्ने छ। परिवारमा भने सचेत भएर काम गर्नुपर्नेछ।

मकर : दिन धेरै राम्रो छ। धेरैले तपाईंसँग अपेक्षा गरेकाले निर्णय गर्दा सचेत बन्नुपर्नेछ। बलको भन्दा बुद्धिको माध्यमबाट अगाडि बढ्नुपर्ने भएकाले बौद्धिक व्यक्तिसँग संकत गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध ससुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। स्वास्थ्यमा समस्या बढ्नेछ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने छ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभगी भएमा मन शान्त बन्नेछ।

मीन : परिवारसँग छलफल गरेर कामको सुरुवात गर्नुपर्ने दिन छ। साढे साती दशा चलिरहेकाले थोरै बोलेर लक्ष्यमा पुग्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ५ : ०३ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट