चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित « Khabarhub

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

चितवन–  चैते धानले समर्थन मूल्य नपाउँदा चितवनका किसान चिन्तित भएका छन् ।

सरकारले चैते धानको समर्थन मूल्य दुई हजार ८७९ तोकेको भए पनि यहाँका किसान एक हजारदेखि एक हजार ८०० रुपैयाँसम्ममा बेच्न बाध्य भएका छन् । धान थन्क्याउने समयमा समर्थन मूल्य नपाएपछि किसान निरास भएका हुन् ।

खैरहनी नगरपालिकाका– १० का कृष्ण अर्याल चैते धानको समर्थन मूल्य नपाएकोमा खिन्न छन् । दुई बिघामा चैते धान लगाएका उनी समर्थन मूल्य नपाएपछि आगामी वर्षदेखि धानखेती नगर्ने निर्णयमा छन् ।

समर्थन मूल्य नपाएपछि किसानले पालिका र उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग छलफल गरिएको उनको भनाइ छ ।

राप्ती नगरपालिका– ५ का धर्मराज कँडेल पनि धानको मूल्य नपाएपछि निरास छन् ।

जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्षसमेत रहेका कँडेलले धानको समर्थन मूल्य अविलम्ब तोकिनुपर्नेमा जोड दिए ।

पूर्वी चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिकासहित भरतपुर महानगरका केही भूभागमा चैते धानखेती हुने गरेको छ ।

कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले व्यवसायीका कारण किसानले मूल्य नपाएको बताए । स्थानीय व्यवसायी र सरोकार भएकाहरूबीचमा  छलफल जारी रहेको जानकारी दिँदै उनले चाँडै निष्कर्ष निस्कने विश्वास व्यक्त गरे ।

चितवनमा यो वर्ष करिब १० हजार हेक्टरमा चैते धानखेती भएको छ । गत वर्ष नौ हजार ५०० हेक्टरमा चैते धान रोपिएकोमा ५९ हजार ५१९ मेट्रिक टन उत्पादन भएको थियो ।  

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १० : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै