देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ | Khabarhub Khabarhub

देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डकी पदयात्रा सुरु भएको छ । आज बिहान देवघाटस्थित बेणीमा गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरिएको हो । 

 देवघाटस्थित महेश सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी मधुसुदनानन्द गिरी, अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरी र  डा गुरुप्रसाद सुवेदीलगायतले गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरेका हुन् ।

जनस्तरमा गण्डकीको महत्व र सम्भावनालाई प्रचारप्रसार गरेर कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण तथा संवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धार्मिक अभियन्ताको अगुवाइमा पदयात्रा सुरु गरिएको पदयात्राका संयोजक फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार पदयात्राका क्रममा देवघाटधाम–केलादीघाटधाम–राम्दीधाम–ऋषिकेशधाम–रुद्रवेणीधाम–सेतीबेनीधाम–मोदीबेनीधाम–गलेश्वरधाम–कागबेनीधाम–मुक्तिनाथधाम– दामोदरकुण्डधाममा विशेष पूजा एवं जागरणसभा हुने छ । 

उनले भने, ‘ऐतिहासिक पदयात्रामा सहभागी हुन चाहने सबै भक्तजन मुख्य तीर्थहरूमा हुने विशेष गण्डकी पूजन र जागरण सभामा सहभागी बन्न सक्नुहुनेछ ।’

यात्रामा दैनिक आठ घण्टा २० किलोमिटरसम्म यात्रा गरिने जनाइएको छ । नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. गुरुप्रसाद सुवेदीले कालीगण्डकीको महिमा जनमानसमा पुर्‍याउने यात्राको उद्देश्य भएको बताए। 

गण्डकीको किनारमा भएका विभिन्न धार्मिक स्थलहरूका संरक्षण एवं प्रवर्द्धनमा यात्राले सहयोग पुग्ने उनको भनाई छ ।  जीवन जिउने आधार प्राकृतिक स्रोत सम्पदा  भएको उल्लेख गर्दै नदीलगायतको संरक्षणमा सबै जुट्नुपर्ने उनले बताए।
 
देवघाटस्थित महेश सन्यास आश्रमको संयोजनमा आजदेखि शालिग्राम करिडोरको ४३१ किलोमिटर दूरीको पदयात्रा सुरु भएको हो । समुद्री सतहबाट २२० मिटर देखि चार हजार ९९० मिटर उचाइ सम्म २२ देखि २५ दिन यात्रा गरिनेछ । 
 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १२ : ५९ बजे

चीन–उत्तर कोरिया सहकार्य बलियो बनाउँदै

एजेन्सी – चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरियाली समकक्षीलाई भेट्दै

महेश बस्नेत भन्छन्- सरकारले मलाई गिरफ्तार गर्न लागेको भन्दै मिडिया ट्रायल गर्‍यो

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले आफूलाई गिरफ्तार गर्न

उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढ्यो, विभिन्न राजमार्गमा सवारी चाप

काठमाडौं – दशैँको फूलपातीका दिन उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या बढ्दा

मुलुक जोगाउन दलको नेतृत्व युवाहरूलाई दिनुपर्छ : घनश्याम भुसाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई असफलताबाट जोगाउनका

बेलायतमा आप्रवासीका लागि कडा नियम लागू गर्ने तयारी

एजेन्सी – बेलायत सरकारले अब स्थायी रूपमा बस्न चाहने आप्रवासीहरूका