भागदौडमा ज्यान गुमाएका आरसीबीका सबै फ्यान ४० वर्षमुनिका, १३ वर्षीया किशोरी पनि परिन् | Khabarhub Khabarhub

भागदौडमा ज्यान गुमाएका आरसीबीका सबै फ्यान ४० वर्षमुनिका, १३ वर्षीया किशोरी पनि परिन्


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

बेंगलुरू : पहिलो पटक इन्डियन प्रिमियर लिगको उपाधि जितेर घरेलु सहर बेंगलुरू पुगेको रोयल च्यालेन्जर्स बैंगलोर टोलीलाई स्वागतका लागि जम्मा भएका करिब ३ लाख समर्थकबीच भागदौड हुँदा ११ जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेहरू सबै ४० वर्षभन्दा कम उमेरका छन् । सबैभन्दा सानी आरसीबी फ्यान केबल १३ वर्षकी छिन् ।

बेंगलुरुमा आरसीबीको विजय परेडका क्रममा बुधबार बेलुकी चिन्नास्वामी स्टेडियम बाहिर भएको भगदडौडमा उनीहरूको ज्यान गएको हो। भारत र कर्नाटक सरकारले यो घटनालाई अत्यन्तै दुःखद भनेको छ । उक्त भगदौडमा एक व्यक्तिले आफ्नो एक्लो छोरोलाई गुमाएका छन्।

आरसीबीको विजय परेडका क्रममा चिन्नास्वामी स्टेडियम बाहिर भएको भगदौड हृदयविदारक रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

भीड अनुमानभन्दा धेरै भएका कारण सुरक्षा व्यवस्था असफल भएको हो । ११ जना आरसीबी समर्थकहरूको ज्यान जाँदा ४७ जना गम्भीर घाइते भए ।

ज्यान गुमाउने सबैको उमेर ४० वर्षभन्दा कम छ । सबैभन्दा सानी मृतक १३ वर्षकी थिइन्। मृतकमध्ये तीनजना किशोर-किशोरी थिए भने ६ जना २०–३० वर्ष समूहका थिए।

यो घटनाले धेरै घरको उज्यालो निभेको छ। धेरैजसो मानिसहरू आफ्ना साथीसँग आरसीबीको जितको उत्सव मनाउन पुगेका थिए। उनीहरूका लागि वास्तवमै यो विशेष मौका थियो । आरसीबीले १८ वर्षपछि पहिलो पटक आईपीएल ट्रफी जितेको उत्सव अहिले शोकमा परिणत भएको छ ।

११ जना मृतक

दिव्यांशी – उमेर १३ वर्ष

दोरेशा – उमेर ३२ वर्ष

भूमिक – उमेर २० वर्ष

सहाना – उमेर २५ वर्ष

अक्षता – उमेर २७ वर्ष

मनोज – उमेर ३३ वर्ष

श्रवण – उमेर २० वर्ष

देवी – उमेर २९ वर्ष

शिवलिंग – उमेर १७ वर्ष

चिन्मयी – उमेर १९ वर्ष

प्रज्वल – उमेर २० वर्ष

आरसीबीको जितको उत्सव हर्षोल्लासका साथ सुरू भए पनि थेगिनसक्नु भिडका कारण सुरक्षा व्यवस्था असफल भयो । समाचार अनुसार स्टेडियमको गेट–७ नजिक निःशुल्क टिकट वितरण हुने अफवाह फैलिएपछि भागदौड मच्चिएको थियो ।

बेंगलुरुमा आरसीबीको विजय परेडका क्रममा भएको भगदडौमा धेरैले प्रियजन गुमाएका छन्। एक पिताले एक्लो छोरोलाई गुमाएपछि शोकमा डुबेका छन् । उनले अधिकारीहरूसँग छोराको शव बिनापोस्टमार्टम दिन भनेका छन् ।

‘कम्तीमा उसको लास त देऊ, पोस्टमार्टम नगर। उसको शरीरलाई नटुक्र्याउ न’, उनले भने । छोरो उनलाई थाहा नदिई स्टेडियम क्षेत्रमा पुगेका थिए । उनले अब मुख्यमन्त्री र उपमुख्यमन्त्री भेट्न आए पनि छोरो फर्केर नआउने भन्दै बिलौना गरेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १ : २० बजे

‘बकर ईद’ समुदाय विशेष मात्र नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीहरूको

विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

रौतहट– रौतहटमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरिएको छ । जिल्ला

बकर इदले सबै नेपालीमा पारस्परिक सद्भाव मजबुत बनाएको छ : सभामुख घिमिरे

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म,

राष्ट्रपति पौडेलबाट बकर ईदको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ईद उल अज्हा (बकर इद)ले आपसी

खुल्यो ‘फेस अफ नेपाल २०२५’को आवेदन

काठमाडौं – एसिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ का