पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा, माधव नेपालको सांसद पद स्वत: निलम्बित | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा, माधव नेपालको सांसद पद स्वत: निलम्बित


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको इतिहासमा पहिलो पटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालसहित ९३ जनाविरूद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारको यो कदमसँगै रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचितन नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ। नेपालको नेतृत्वमा अहिले प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० सांसद छन् ।

अख्तियारले कुनै पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको यो पहिलो पटक हो । अर्कातिर मन्त्रिपरिषद्को निर्णयका आधारमा भ्रष्टाचार मुद्दा चलेको पनि यो पहिलो हो । यसअघि मन्त्रिपरिषद्को नीतिगत निर्णय भन्दै बालुवाटारको जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्रीलाई अख्तियारले उन्मुक्ति दिएको थियो ।

पूर्वप्रधानमन्त्री नेपाल प्रतिनिधिसभा निर्वाचन ०७९ मा रौतहट निर्वाच क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनी ३३ हजार ५२२ मतसहित विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ६२२ मत पाएका थिए ।

अख्तियारले अध्यक्ष नेपालविरुद्ध भारतीय बाबा रामदेव र आचार्य बालकृष्ण सञ्चालक रहेको पतञ्जलीलाई दिएको जग्गा सट्टापट्टा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पतञ्जलीले काभ्रेमा आयुर्वेदिक अस्पताल, अनुसन्धान केन्द्र, योगशाला, औषधि उद्योग, गाई फार्म र जडीबुटी खेतीजस्ता सामाजिक कार्य गर्ने भन्दै जग्गा खरिद गरेको थियो । तर खरिदको केही महिनापछि नै पतञ्जलीका नेपाल प्रतिनिधि शालिग्राम सिंहले उक्त जग्गा सट्टापट्टा र अन्यत्र स्थानान्तरण गर्न अनुमति माग्दै निवेदन दिएका थिए ।

नेपालको नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ माघ १८ गते पतञ्जली योगपीठ नेपाललाई काभ्रेपलाञ्चोकमा अवस्थित ८१५ रोपनी जग्गा हदबन्दी छुटअन्तर्गत खरिद गर्न अनुमति दिएको थियो ।

मुद्दाको पूर्णपाठ

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १ : ४६ बजे

महेश बस्नेत भन्छन्- सरकारले मलाई गिरफ्तार गर्न लागेको भन्दै मिडिया ट्रायल गर्‍यो

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले आफूलाई गिरफ्तार गर्न

उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढ्यो, विभिन्न राजमार्गमा सवारी चाप

काठमाडौं – दशैँको फूलपातीका दिन उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या बढ्दा

मुलुक जोगाउन दलको नेतृत्व युवाहरूलाई दिनुपर्छ : घनश्याम भुसाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई असफलताबाट जोगाउनका

बेलायतमा आप्रवासीका लागि कडा नियम लागू गर्ने तयारी

एजेन्सी – बेलायत सरकारले अब स्थायी रूपमा बस्न चाहने आप्रवासीहरूका

छुट्टाछुट्टै दुर्घटनामा १६ जना घाइते, तीन जनाको अवस्था गम्भीर

कमलामाई– जिल्लाको दुई स्थानमा आज भएका सवारी दुर्घटनामा परी १६