स्वास्थ्य बीमा नियमावली संशोधन : यि हुन् संसोधन गरिएका बुँदा  | Khabarhub Khabarhub

स्वास्थ्य बीमा नियमावली संशोधन : यि हुन् संसोधन गरिएका बुँदा 


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा नियमावली संशोधन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिमितलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न भन्दै नियमावलीको नियम २ ९६०  लाई संसोधन गरेको हो । 

यस अघिको नियमावलीमा बीमितले पहिलो पटक सेवा लिनका लागि रोजेको स्वास्थ्य संस्थालाई ‘प्रथम सेवा विन्दु’ भनी परिभाषित गरिएको थियो । संशोधित नियमावलीमा बीमितले प्रथम सेवा विन्दुको रुपमा स्वास्थ्य संस्था रोज्नुपर्ने व्यवस्थालाई हटाएर सरकारी स्वास्थ्य संस्थालाई ‘प्रथम सेवा विन्दु’ सम्झनु पर्नेछ । 

त्यस्तै, नियमावलीको नियम ६ को उपनियम २ पछि उपनियम २ (कं) थपिएको छ । जसमा बीमितलाई पुनः परिचयपत्र जारी नगरेसम्म परिचयपत्रको प्रतिलिपि, नागरिक एप वा स्वास्थ्य बीमा सूचना व्यवस्थापन प्रणालीबाट जारी हुने बीमित पहिचान भएको क्यूआर कोडलाई समेत सेवा प्रदायकको मान्यता दिनुपर्नेछ । 

यस्तै, नियमावलीको नियम ७ मा संशोधन गरिएको छ । संशोधित नियमावली अनुसार नियम ७ मा स्वास्थ्य सेवा लिनु पर्ने राखिएको छ । बीमितले प्रथम सेवा विन्दुबाट पहिलो स्वास्थ्य सेवा लिनुपर्ने भन्ने व्यवस्था गरिएको छ । त्यस्तै, प्रथम सेवा विन्दुले प्रेषित गरेको स्वास्थ्य सेवा प्रदायकबाट सेवा लिनुपर्नेछ । 

नियम ३ को उपनियम १ मा आकस्मिक अवस्थामा बीमतिले जुनसुकै सेवा प्रदायकबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ । यस अघि भने नियमावलीको नियम ७ मा सेवा प्रदायक रोज्नु पर्ने भन्ने व्यवस्था थियो । बीमितले सेवा प्रदायकहरुमध्ये कुन सेवा प्रदायकबाट उपचार सेवा लिने हो सो कुरा कार्यक्रममा आबद्ध हुँदाको बखतमा रोज्नुपर्ने भन्ने व्यवस्था रहेको थियो । 

आफूले रोजेको प्रथम सेवा विन्दुको रुपमा रहेको सेवा सेवा प्रदायकबाट स्वास्थ्य सेवा लिनुपर्नेछ । बीमितले आवश्यक सेवा प्राप्त गर्न नसकेमा त्यस्तो सेवा प्रदायकबाट निजलाई प्रदान गरिने प्रेषण पुर्जाको आधारमा प्रेषित गरिएको सेवा प्रदायकबाट मात्र सेवा लिनुपर्ने भन्ने व्यवस्था थियो । जसलाई सरकारले संशोधन गरेको छ । 

नियमावलीको नियम ८ मा उपनियम ३ थपिएको छ । जसमा बीमितले बीमा व्यवस्थापन सूचना प्रणाली मार्फत समेत परिचयपत्र नवीकरणको लागि निवेदन दिन सक्नेछन् भन्ने उल्लेख गरिएको छ । 

त्यस्तै नियमावलीको नियम ९ मा रहेको ‘प्रथम सेवा विन्दु’ भन्ने शब्द हटाइएको छ भने नियमावलीको नियम १० पनि संशोधन गरिएको छ । संशोधित  नियम अनुसार बीमित जुन महिनामा बीमामा दर्ता भएको हो सो महिनालाई पहिलो महिना मानी सो प्रश्चातको तेस्रो महिनाको एक गतेदेखि बीमितको बीमा सेवा सुविधा लागू हुनेछ । त्यस्तै परिचयपत्र नवीकरण गरेको बीमितको सेवा सुविधा नवीकरण भएको मिति देखि लागू हुनेछ । 

यसअघिको व्यवस्था अनुसार वैशाख देखि असार महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको भदौ एक गतेदेखि सेवा सुविधा लिन पाउने व्यवस्था थियो । साउन देखि असोज महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको मंसिर एक गतेदेखि, कात्तिक देखि पुस महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको फागुन एक गतेदेखि र माघ देखि चैत महिनासम्म दर्ता वा नवीकरण भएकोमा अर्को वर्षको जेठ एक गतेदेखि सेवा सुविधा लिन पाउने व्यवस्था थियो ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १ : ५८ बजे

मुलुक जोगाउन दलको नेतृत्व युवाहरूलाई दिनुपर्छ : घनश्याम भुसाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई असफलताबाट जोगाउनका

बेलायतमा आप्रवासीका लागि कडा नियम लागू गर्ने तयारी

एजेन्सी – बेलायत सरकारले अब स्थायी रूपमा बस्न चाहने आप्रवासीहरूका

छुट्टाछुट्टै दुर्घटनामा १६ जना घाइते, तीन जनाको अवस्था गम्भीर

कमलामाई– जिल्लाको दुई स्थानमा आज भएका सवारी दुर्घटनामा परी १६

पछिल्लो परिस्थितिमा पार्टीहरूको पुनर्गठन जरुरी : घनश्याम भुसाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जेन-जी आन्दोलनमा घटेका

एकीकृत समाजवादीले माओवादीसँग एकता गरे झनै संकट बढ्छ : घनश्याम भुसाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विशेष पत्रकार सम्मेलन