परिकल्पना अनुसार पूर्वाधार विकास भइरहेको छ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

परिकल्पना अनुसार पूर्वाधार विकास भइरहेको छ : उपप्रधानमन्त्री सिंह


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

गोदावरी– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा वर्तमान सरकारले परिकल्पना गरेअनुसार काम भइरहेको बताएका छन् ।

आज गोदावरी नगरपालिका–३ चौकीडाँडामा एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन प्रणालीको उद्घाटन  कार्यक्रममा उनले देशभरको पूर्वाधार विकास निर्माणमा सङ्घीय सरकार, स्थानीय तह र दातृनिकायको सहयोगमा उल्लेख्य काम भइरहेको बताए।

सरकारले नयाँ सहर निर्माणका लागि एकीकृत सहरी खाका तयार गरी अघि बढिरहेको उनले बताए। उनले देशका १८५ वटा नगरपालिकाको एकीकृत सहरी योजना तयार पारिएको जानकारी दिए।

उनका अनुसार तराई मधेसका सहरको आर्थिक अवस्था चलायमान बनाउन सहरी विकास मन्त्रालयले सो क्षेत्रका नगरपालिकामा एक हजार किलोमिटर बढी सडक र ढल निर्माण गरिरहेको छ ।

उपप्रधानमन्त्री सिंहले मन्त्रालयले आवास विहीनका लागि जनता आवास निर्माण र सुरक्षित आवास निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। 

सुदूरपश्चिममा उक्त परियोजना नमूनाको रूपमा रहेको बताउँदै उनले एकीकृत फोहोरमैला व्यवस्थापन, दिसाजन्य पदार्थ प्रशोधन प्रणालीले गोदावरी नगरपालिकालाई सफा र व्यवस्थित सहरका रूपमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

एसियाली विकास बैंक(एडिबी)को ऋण अनुदान सहयोग र नेपाल सरकारको सहकार्यमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीको संयोजनमा निर्माण गरिएको सो केन्द्र ५२ करोड ८४ लाखको लागतमा सम्पन्न भएको हो । 

उक्त परियोजनामा ७५ प्रतिशत रकम एडिबीको ऋण र बाँकी २५ प्रतिशत नेपाल सरकारको लगानी छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का चीनको सिचुवान प्रोभेन्सियल जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सलाई दिइएको थियो । भण्डै पाँच हेक्टर क्षेत्रफलमा फैलिएको सो केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीकै व्यवस्थापनमा रहनेछ भने उक्त अवधिपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।

सो केन्द्रले दैनिक १३.५ टन फोहोर व्यवस्थापन र प्रतिदिन १३ घनमिटर दिसाजन्य फोहोर प्रशोधन गर्ने सहरी विकास भवन निर्माण विभागका महानिर्देशक बज्रकाजी महर्जनले बताए।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  २ : ०४ बजे

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

दैलेख – दैलेखमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा

पश्चिम नवलपरासीमा रोपाइँ सुरु

नवलपरासी – मनसुन सक्रिय बनेसँगै पश्चिम नवलपरासीमा जेठको दोस्रो सातादेखि

अमेरिकामा रोजगारी वृद्धिमा कमी, बेरोजगारी दर स्थिर

वाशिङ्गटन – अमेरिकामा मे महिनामा रोजगारी वृद्धिमा अपेक्षाभन्दा कम वृद्धि

पतञ्जलि जग्गा प्रकरण : एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध