सङ्खुवासभामा विपद् प्रतिकार्य अभ्यास   « Khabarhub

सङ्खुवासभामा विपद् प्रतिकार्य अभ्यास  


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– वर्षायाम नजिकिँदै गर्दा सङ्खुवासभामा सम्भावित बाढीपहिरो जस्ता प्राकृतिक विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास गरिएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा खाँदबारीस्थित टुँडिखेलमा आज नेपाली सेनाको इन्द्र दल गुल्म, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र अग्नि नियन्त्रक टोलीले अभ्यास गरेको हो । अभ्यासमा पहिरो गएको परिप्रेक्ष्यमा उद्धार, घाइतेको प्राथमिक उपचार, विस्थापितको व्यवस्थापन तथा राहत सामग्री वितरण प्रक्रिया समेटिएको थियो । 

प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलले भने, ‘यसवर्ष देशभर अधिक वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा बाढीपहिरोको जोखिम उच्च छ । यस्तो जोखिमलाई मध्यनजर गर्दै नागरिकको शीघ्र उद्धार तथा राहतका लागि पूर्वतयारी नमूना अभ्यास गरिएको हो ।’

अभ्यासले सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय, सञ्चार र द्रुत प्रतिकार क्षमतामा सुधार हुने अपेक्षा गरिएको छ । यद्यपि, विपद् व्यवस्थापन अझै पनि तीनै तहका सरकारको प्राथमिकतामा नपरेकाले स्थानीयस्तरमा आवश्यक स्रोतसाधन अभावका कारण विपद्का बबेला उद्धारमा कठिनाइ हुने जनाइएको छ ।
 

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  २ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै