कार्यालय सहायकदेखि पूर्वप्रधानमन्त्रीलाई एकसाथ भ्रष्टाचार मुद्दा, पतञ्जलिको जग्गामा को–को तानिए ? | Khabarhub Khabarhub

कार्यालय सहायकदेखि पूर्वप्रधानमन्त्रीलाई एकसाथ भ्रष्टाचार मुद्दा, पतञ्जलिको जग्गामा को–को तानिए ?


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेस्थित पतञ्जलिका लागि किनिएको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भिन्न–भिन्न व्यक्तिहरूसँग भिन्न–भिन्न मागदाबी गर्दै अख्तियारले पूर्वप्रधानमन्त्री नेपाल सहित गुठी संस्थानका कार्यालय सहायकसम्मको विरुद्धमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देसार, शाखा अधिकृत (विशेष) नवराज बस्नेत, नायब सुब्बाहरू रामकृष्ण खत्री, केदारनाथ भट्टराई, विनोद कोइराला, विष्णुप्रसाद होमागाईं, रामकाजी श्रेष्ठ, हरिशरण श्रेष्ठ, रामप्रसाद सत्याल र कृष्णप्रसाद सापकोटाविरुद्ध मुद्दा दायर गरेको हो ।

त्यही कार्यलयका खरिदारहरू बद्रिप्रसाद हुमागाईं, पुष्पकुमार पौडेल र रोशकाजी जस्पाउलाई पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

त्यस्तै, गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख बैकुण्ठ प्रसाद रेग्मी, फाँटवाला धव प्रसाद होमागाईं र कार्यालय सहायक राजकुमार सिग्देलविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।

पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंहविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिम मुख्य कसूरदारहरूलाई हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मूख्य कसूरदारलाई हुने सजाय सरह सजायको मागदावी गर्दै मुद्दा दायर गरेको छ ।

अख्तियारले काभ्रेपलाञ्चोक मालपोतका तत्कालीन नायब सुब्बाहरू विनोद कोइराला, रामकृष्ण खत्री, हरिशरण श्रेष्ठ, रामकाजी श्रेष्ठ र खरिदार बद्रीप्रसाद हुमागाईं, तत्कालीन वरिष्ठ सहायक पवन आचार्यविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।

बैंकका कर्मचारी विरुद्ध पनि मुद्दा

तत्कालीन सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किशोर कुमार महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका अधिकृत सुजित पोखरेल, शाखा प्रबन्धक राजीव सापकोटा, अधिकृत ममता पराजुलीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ को मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसूर गरेको भन्दै मुद्दा दायर गरेको छ ।

प्रेमबहादुर सिंह र दिवंगत मुख्यसचिव घिमिरेविरुद्ध मुद्दा

अख्तियारले सोही मुद्दामा तत्कालीन कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहदेखि तत्कालीन सचिव स्वर्गीय माधवप्रसाद घिमिरेमाथि समेत मुद्दा दायर गरेको छ ।

प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्वर्गीय डम्बर श्रेष्ठ र उनको छोरा सन्तोष श्रेष्ठ र तत्कालीन सचीव स्वर्गीय माधवप्रसाद घिमिरे र उनका श्रीमती कमला घिमिरेविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐनको कसूर अनुसारको मुद्दा दायर गरेको छ ।

सोही कानुनअनुसार तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालका सचिव छबिराज पन्त, सहसचिवहरू जीतबहादुर थापा र लालमणि जोशी, उपसचिवहरू कलानिधी पौडेल, उपसचिवहरू गान्धीप्रसाद सुवेदी र हुपेन्द्रमणि केसी र भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशरबहादुर बानिँया विरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

त्यस्तै, सोही प्रकृतिको कानुनअनुसार भ्रष्टाचार गरेको भन्दै अख्तियारले भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन उपसचिव राजाराम थापा, शाखा अधिकृत सिताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्की, मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देसार, नायब सुब्बा केदारनाथ भट्टराई, खरिदार मोहनराम शर्मा, मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईं, मालपोत अधिकृत वेदप्रसाद अर्याल, शाखा अधिकृत (विशेष) शिवहरी शर्मा सुवेदी, नायव सुब्बाहरू विनोद कोइराला, तुलामणि राजभण्डारी,कृष्ण प्रसाद सापकोटा र खरिदार हरिप्रसाद हुमेगाईँ विरुद्ध मुद्दा दायर गरेको छ ।

गुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन कामु कार्यालय प्रमुख कृष्णहरि भट्टराई, वरिष्ठ सहायक पवन आचार्य र फाँटवाला माधवप्रसाद होमागाईँ विरुद्ध पनि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ को मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसूरमा मुद्दा दायर गरेको छ ।

त्यस्तै, भोजराज शर्मा वाग्ले, जीवन राज कँडेल, ध्रुवराज थापा, मनु घिमिरे, ओम प्रकाश वंशल, भिमदत्त जोशी, वीरेन्द्रलाल श्रेष्ठ, लक्ष्मण कार्की लगायतका व्यक्तिहरूमाथि अख्तियारले पतंजली जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  २ : ४६ बजे

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

दैलेख – दैलेखमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा

पश्चिम नवलपरासीमा रोपाइँ सुरु

नवलपरासी – मनसुन सक्रिय बनेसँगै पश्चिम नवलपरासीमा जेठको दोस्रो सातादेखि

अमेरिकामा रोजगारी वृद्धिमा कमी, बेरोजगारी दर स्थिर

वाशिङ्गटन – अमेरिकामा मे महिनामा रोजगारी वृद्धिमा अपेक्षाभन्दा कम वृद्धि

पतञ्जलि जग्गा प्रकरण : एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध