माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे समाजवादी नेता घिमिरे भन्छन्- ओलीले प्रतिशोध साँधे | Khabarhub Khabarhub

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे समाजवादी नेता घिमिरे भन्छन्- ओलीले प्रतिशोध साँधे


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दालाई उक्त पार्टीका एकजना नेताले प्रतिशोध भनेका छन् ।

समाजवादीका केन्द्रीय सदस्य अशेष घिमिरेले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा ओलीको इगो र प्रतिशोधको परिणाम भएको बताएका हुन् ।

‘काण्डैकाण्डले जेलिएका केपी शर्मा ओलीको शासनमा निष्पक्ष छानबिन अपेक्षित छैन’, उनले भनेका छन्, ‘न्यायिक र विश्वसनीय छानबिनका लागि त जो-कोही तयार हुनुपर्छ, हामी छौँ नै । तर, विरोधीहरूलाई समाप्त पार्ने फासिवादी प्रतिशोध किमार्थ मान्य छैन, हुँदैन ।’

घिमिरेले अब यस विषयमा पार्टीमा छलफल हुने पनि जानकारी दिएका छन् । ‘यसको विषयमा पार्टीमा छलफल हुन्छ । केपी शर्माओली भ्रष्टाचारी नहुने, अरू मात्रै भ्रष्टाचारी हुने यस्तो विधिको शासनमा हुँदैन । हामी छानबिनलाई अस्वीकार गर्दैनौँ तर अध्यक्ष नेपालमाथिको मुद्दा प्रतिशोध हो ।’

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ३ : ०७ बजे

उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढ्यो, विभिन्न राजमार्गमा सवारी चाप

काठमाडौं – दशैँको फूलपातीका दिन उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या बढ्दा

मुलुक जोगाउन दलको नेतृत्व युवाहरूलाई दिनुपर्छ : घनश्याम भुसाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई असफलताबाट जोगाउनका

बेलायतमा आप्रवासीका लागि कडा नियम लागू गर्ने तयारी

एजेन्सी – बेलायत सरकारले अब स्थायी रूपमा बस्न चाहने आप्रवासीहरूका

छुट्टाछुट्टै दुर्घटनामा १६ जना घाइते, तीन जनाको अवस्था गम्भीर

कमलामाई– जिल्लाको दुई स्थानमा आज भएका सवारी दुर्घटनामा परी १६

पछिल्लो परिस्थितिमा पार्टीहरूको पुनर्गठन जरुरी : घनश्याम भुसाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जेन-जी आन्दोलनमा घटेका