माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे अख्तियारको पत्र संसद् सचिवालयमा | Khabarhub Khabarhub

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे अख्तियारको पत्र संसद् सचिवालयमा


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेस्थित पतञ्जलिका लागि किनिएको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी पत्र संसद् सचिवालयमा पुगेको छ ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलेको पत्र संसद् सचिवालयमा आइपुगेको जानकारी दिएका छन् ।

अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरूद्ध १८ करोड ५८ लाख रूपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा चलाएको छ। भ्रष्टाचार मुद्दा चलेकाले नेपाल सांसद पदबाट स्वत: निलम्बित हुनेछन् ।

नेपालमा कुनै सांसद (प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्य) विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वत: पद निलम्बन हुने कानुनी व्यवस्थासम्बन्धी प्रावधान नेपालको संविधान र भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ मा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३० (निलम्बन सम्बन्धी व्यवस्था) अनुसार यदि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै सार्वजनिक पद धारण गर्ने व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा अदालतमा दर्ता गरे उक्त व्यक्ति स्वतः निलम्बित हुने व्यवस्था छ।

    सांसद पनि सार्वजनिक पद धारण गर्ने व्यक्तिको परिभाषामा पर्छन्। नेपालको संविधान, २०७२ को धारा २४४ मा (अख्तियारको अधिकार) बारे उल्लेख छ । अख्तियारले सार्वजनिक पदधारी व्यक्तिविरुद्ध अनुसन्धान गर्न र भ्रष्टाचारको मुद्दा दायर गर्न सक्छ।

      प्रतिनिधिसभा वा राष्ट्रियसभाका सदस्यहरू संविधान अनुसार सार्वजनिक पदमा पर्ने भएका कारण उनीहरूमाथि भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वतः निलम्बन हुने प्रक्रिया लागु हुन्छ।

      प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ४ : १० बजे

      महेश बस्नेत भन्छन्- सरकारले मलाई गिरफ्तार गर्न लागेको भन्दै मिडिया ट्रायल गर्‍यो

      काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले आफूलाई गिरफ्तार गर्न

      उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढ्यो, विभिन्न राजमार्गमा सवारी चाप

      काठमाडौं – दशैँको फूलपातीका दिन उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या बढ्दा

      मुलुक जोगाउन दलको नेतृत्व युवाहरूलाई दिनुपर्छ : घनश्याम भुसाल

      काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई असफलताबाट जोगाउनका

      बेलायतमा आप्रवासीका लागि कडा नियम लागू गर्ने तयारी

      एजेन्सी – बेलायत सरकारले अब स्थायी रूपमा बस्न चाहने आप्रवासीहरूका

      छुट्टाछुट्टै दुर्घटनामा १६ जना घाइते, तीन जनाको अवस्था गम्भीर

      कमलामाई– जिल्लाको दुई स्थानमा आज भएका सवारी दुर्घटनामा परी १६