‘कन्ट्रोभर्सी’मा नायिका अञ्जना, डोरीका निर्देशकले लगाए आरोपका चाङ | Khabarhub Khabarhub

‘कन्ट्रोभर्सी’मा नायिका अञ्जना, डोरीका निर्देशकले लगाए आरोपका चाङ


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका अञ्जना बराइली उदायीमान नायिका हुन् । उनले डेब्यू फिल्म ‘महापुरुष’मा सहायक भूमिका निर्वाह गरेकी थिइन् ।

दोस्रो फिल्म ‘पूजार सार्की’मा उनी शीर्ष भूमिकामा देखिइन् । तेस्रो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ कीर्तिमानी हिट सावित भयो ।

अञ्जनाको चौथो फिल्म ‘डोरी’ व्यापारिक रुपमा फ्लप भयो । यस फिल्मको ‘फेस भ्यालु’ भएको कलाकार अञ्जना थिइन् । यसैबाट अरुण लामाले निर्देशनमा डेब्यू गरेका थिए । यसको लेखक पनि लामा नै हुन् ।

गत चैत १५ बाट प्रदर्शनमा आएको ‘डोरी’ हलबाट उत्रिसकेको छ । अहिले अञ्जना फिल्म ‘महाभोज’को प्रचारमा छिन् । अरुण पनि अर्को फिल्मको तयारीमा रहेको बुझिएको छ ।

यो क्षेत्रमा टिक्ने हो भने उनीहरु दुवै यो फिल्मबाट ‘मुभअन’ हुनैपर्छ । यसैमा अल्झिएर दुवैलाई फाइदा छैन। तर, यी दुवै ‘डोरी’ अल्झिएका छन् ।

अञ्जान र अरुण दुवैलाई ‘डोरी’मा एक गतल सहकार्य भएको महसुस भएको देखिन्छ । अहिले आएर यो कुरा छताछुल्ल भएको छ ।

अरुणलाई अञ्जनासँग र अञ्जनालाई अरुणसँग गलत सहकार्य गरेको महसुस भएको पाइएको छ । छायाङ्कन र फिल्म प्रचारका क्रममा भएका मनुमुटाव फिल्म प्रदर्शनको दुई महिनापछि सहतमा आउनुले त्यही संकेत गर्छ ।

अञ्जना ‘महाभोज’को प्रचारका लागि ‘द प्रकाश सुवेदी शो’मा गएकी थिइन् । त्यहाँ प्रकाशले अञ्जनालाई सोधेका थिए, ‘कुनै निर्देशक वा निर्मातासँग म रिसाएँ भन्ने महसुस भएको छ ?’

उनले नाम किटान नगरी एक निर्देशक ‘अनप्रोफेस्नल’ लागेको र छायाङ्कनमा एक दृश्यलाई लिएर असमान्य परिस्थिति विकास भएको जवाफ फर्काइन् ।

अञ्जानाले ती निर्देशक आफ्नो गल्ती स्वीकार नगर्ने र आफूलाई लागेको कुरा गल्ती नै भए पनि पछि हट्ने व्यक्ति लागेको समेत बताइन् ।

अञ्जनाले नाम नखुलाए पनि ती व्यक्ति फिल्म ‘डोरी’ निर्देशक अरुण लामा रहेको खुल्न आएको छ । अरुणलाई पनि अञ्जनाले नाम नखुलाएको निर्देशक आफैँ हो भन्ने महसुस भएको छ ।

अञ्जानाले नाम नखुलाइ आफूमाथि लगाएको आरोपबारे अरुणले स्पष्टीकरण लेखेका छन् । उनले केही नयाँ कुरा खुलासा गरेका छन् भने अञ्जानामाथि थुप्रै लाल्छाना लगाएका छन् ।

अरुणका केही आरोपहरु उदियमान नायिका अञ्जनाको करिअरमा असर पार्ने किसिमका पनि छन् ।

आरोप १ : दृश्यलाई लिएर विवाद

अञ्जना निर्देशकमाथि हाबी हुन खोज्दा दृश्यलाई लिएर विवाद भएको अरुणको खुलासा छ ।

नाच्नु पर्ने दृश्यमा अञ्जानाले ‘मेरो पात्रले नाच्दैन । ताली मात्रै बजाउँछ’भनेर जिद्दी गरेकाले छायाङ्कन केही समय प्रभावित भएको अरुणले खुलाएका छन्।

यसबारे अरुणले भनेका छन्– म लेखक तथा निर्देशकको भावनाअनुसार दृश्य लेखिएको थियो । तर, तपाईं ‘क्यारेक्टरले मिल्दैन’ भनेर ढिपी गर्न थाल्नु भयो । ठूलो स्वरले बहस गर्दै ब्रेक चाहियो भनेर फन्कनु भयो ।’

यही कारण केही समय छायाङ्कन प्रभावित भएको अरुणको दाबी छ । डेब्यू निर्देशक भएर अञ्जनाले आफूलाई पेल्न खोजेको अरुणलाई महसुस भएको छ ।

आरोप २ : छायाङ्कनमा समस्या

अञ्जनाले निर्देशकको रुपमा आफ्नो भिजन नपत्याएको र बोलीलाई महत्व नदिएको आरोपसमेत अरुणले लगाएका छन् ।

स-साना कुरामा ठुक्सकने र रिसाएर पुरै सेटको महोल खल्लो बनाइदिएको आरोप समेत लगाएका छन् ।

आरोप ३ : सुनेको कुरा सत्य

अञ्जनासँग काम गर्न गाह्रो हुन्छ भन्ने कुरा आफूले अनुबन्ध गर्नुअघि नै सुनेको कुरा सत्य सावित भएको अरुणको आरोप छ ।

उनले भनेका छन्, ‘प्रस्ताव गर्नुअघि नै हामीलो गाइँगुइँ सुनेका थियौं, तपाईं (अञ्जना)लाई राम्रोसँग फकाएर मात्रै काम गराउन सकिन्छ । किनकि तपाईं रिसाहा हुनुहुन्छ भनेर । तर, पछि झन् बुझियो तपाईंलाई काम गराउन कति पापड पेल्नु पर्ने रहेछ ।’

अञ्जना छायाङ्कनस्थलमा ढिला आएर समस्या दिने गरेको आरोप पनि उनको छ ।

अरुणको यो अरोप पनि समान्य होइन । यदि यो सत्य हो र हल्ला अझ फैलियो भने अञ्जनालाई अन्य फिल्ममा लिन मेकरहरु अवश्य बिच्किन्छन् । उनलाई अरुको फिल्मको प्रस्ताव कम आउने सम्भावना देखिन्छ ।

यसले अञ्जनाको करिअरमा समेत धक्का पुग्ने देखिन्छ ।

आरोप ४ : प्रचारमा असहयोग

अञ्जनाले विभिन्न अन्तर्वार्तामा ‘डोरी’ फिल्मको प्रचार राम्रोसँग नभएको बताउँदै आएकी छन् ।

तर, निर्देशक अरुणले यस विषयमा नयाँ दाबी सार्वजनिक गरेका छन् ।

व्यस्तता देखाएर अञ्जनाले फिल्मको प्रचारमा असहयोग गरेको पुष्टि गर्न ह्वाट्एवपको कुराकानीसमेत सार्वजनिक गरेका छन् ।

अञ्जनाको यो कदमलाई उनले सम्झौता विपरीत भनेका छन् ।

उनीहरुको संवाद पढ्दा पनि व्यवसायिक सम्बन्ध समधुर नरहेको बुझिन्छ ।

हेर्नुहोस् अरुणले अञ्जनालाई लगाएको आरोप : https://www.facebook.com/share/p/18uRF4NJWx

०००

अरुण र अञ्जना दुवै फिल्म क्षेत्रमा भविष्य खोज्दै गरेका पात्र हुन् । यो विवादले उनीहरु दुवैको छविलाई हानी गर्ने देखिन्छ ।

अञ्जनाको कुरा सुन्दा– अरुणमा केही समस्या छ ।

अरुणको आरोप सुन्दा– अञ्जनामा झनै समस्या छ ।

अरुण र अञ्जनाबीच पक्कै केही समस्या भएको प्रष्ट छ । अरुणका आरोप उदयीमान नायिकाका लागि समस्या बन्ने किसिमका छन् ।

यो आरोप थाहा पाउने निर्देशकले अब अञ्जनालाई कसरी फिल्ममा लिने आँट गर्लान् ?

यसरी एक अर्कालाई खुइल्याउँदा यी दुवैलाई हानी गर्छ । असमझदारीका कुरा यसरी बाहिरिनु राम्रो होइन ।

बाँकी उनीहरुकै इच्छा ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ६ : ३१ बजे

नारायणी रङ्गशालालाई अन्तरराष्ट्रिय खेलग्राम बनाइने

पर्सा – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी