फिल्म ‘अभिमन्यु’को प्रचारमा सय दिने ‘काउन्ट डाउन’, यस्तो छ कारण « Khabarhub

फिल्म ‘अभिमन्यु’को प्रचारमा सय दिने ‘काउन्ट डाउन’, यस्तो छ कारण


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘पूर्णबहादुरको सारङ्गी’ निर्माता मध्येका एक विनोद पौडेलको नयाँ फिल्म ‘अभिमन्यु’ भदौ २७ गते प्रदर्शनमा आउँदैछ । यो फिल्म प्रदर्शनमा आउन बिहीबारबाट ९९ दिन बाँकी छ ।

सय दिने काउन्ट डाउन सुरु गर्नु भनेको प्रचारका लागि प्रयाप्त समय छुट्याउनु हो । सामान्यतया अहिले फिल्म प्रदर्शनको एक महिनाअघि मात्रै प्रचार गरिन्छ । बढी फिल्मले १५ दिने ‘काउन्ट डाउन’ प्रचार शैली अपनाएको अभ्यास छ ।

अहिले ‘नेपाली फिल्मको प्रचार नै कमसल छ’ भन्ने भाष्य निर्माण भइरहेको छ । प्रचारको त कुरै छाडौं प्रिमियरको दिन पनि फिल्मको सम्पादन पूरा भएको हुँदैन । अनि सम्पादन र प्रचार एकचोटी कसरी अगाडि बढोस् ?

तर, निर्माता पौडेलले सय दिने ‘काउन्ट डाउन’ सुरु गरेर प्रचारका लागि राम्रै रणनीति बनाएको सन्देश दिएका छन् । उनी आफैँ पनि प्रदर्शनको दुई महिना अघिदेखि राम्रै प्रचारमा जुट्ने योजनामा छन् ।

यो काउन्ड डाउनलाई उनले प्रचारको ‘वार्मअप’का रुपमा लिएका छन् । यसरी प्रचारका लागि राम्रै छुट्याउने कारणबारे उनले खबरहबसँग सेयर गरेका छन् । ‘क्राइम, सम्पेन्स थ्रिलर’ जनरामा ‘अभिमन्यु’ बनेकाले प्रचारमा बढी खट्ने निर्णयमा आफू पुगेको उनले बताए ।

उनी स्पष्ट पार्छन्, ‘यस जनरामा नयाँ मेकरले मात्रै अभ्यास गर्छन् । उनीहरुले पनि यसलाई निरन्तरता दिँदैनन् र कम्फर्ट जनरामा जान्छन् । दर्शकलाई मेकहरु असफल भएको जनरा क्राइम, सम्पेन्स थ्रिलर लाग्न थालेको छ । सोहीकारण हामीले दर्शकले विश्वास जित्न लामो समय प्रचारका लागि छुट्याएका हौं ।’

‘काउन्ट डाउन’ सुरु गर्न निर्माण पक्षले फस्र्टलुक पोस्टर सार्वजनिक गरेको छ । पोस्टर तराईको सेटअपमा छ । धानबारी र केराघारीलाई पृष्ठभूमी बनाएर एक किशोरले एक बालिकालाई काखीमा च्यापेर बोकेका छन् । ती बालिकाले सरकारी विद्यालयको पोसाक लगाएकी छन् ।

अर्थात्, पोस्टरमा अनुबन्ध गर्दा शीर्ष भनिएका कलकारहरुलाई राखिएको छैन । फिल्मको शीर्ष भूमिकामा नायिकाहरु सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र नायक कामेश्वर चौरासिया रहेको बताइएको छ ।

‘सेभेन सिज’ ब्यानारमा निर्माण भएको यस फिल्मको निर्देशक सुशान्त गौतम हुन् । उनको यो डेब्यू फिल्म हो । फिल्मको लेखक मुकेश खनाल हुन् । पौडेल र गुञ्जन गिरीको फिल्ममा लगानी रहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ७ : ५९ बजे

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा