‘पीके’को सिक्वेलमा रणवीर एलियन बन्ने पक्का « Khabarhub

‘पीके’को सिक्वेलमा रणवीर एलियन बन्ने पक्का


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१४ डिसेम्बरमा बलिउड नायक आमिर खान स्टारर फिल्म ‘पीके’ प्रदर्शनमा आएको थियो ।

यो फिल्मले प्रदर्शनमा आएपछि विभिन्न कोणबाट चर्चा पायो । कसैले यो फिल्मलाई धर्मविरोधी भने । कसैले फिल्मको प्रशंसा गरे ।

फिल्मप्रेमीको बहसको कुरा भने अर्कै थियो । उनीहरुको अनुमान थियो- ‘पीके-२’मा नायक रणवीर कपुर मुख्य भूमिकामा हुनेछन् ।

फिल्मको अन्त्यमा रणवीरको प्रवेश भएको थियो । एलियनको भूमिकामा रहेका रणवीरलाई आमिर खानले पृथ्वीमा घुम्न ल्याएका थिए ।

प्राय: हिट फिल्मको सिक्वेल बन्ने गर्छन् । यसरी स्टार कलाकार फिल्मको अन्त्यमा देखिनु भनेको सिक्वेलको लागि नायक तय भइसकेको सन्देश दिन लागेको बुझिन्छ ।

त्यसैले रणवीर ‘पीके’को सिक्वेलमा शीर्ष भूमिकामा देखिन्छ भन्ने चर्चा चलेको हो । फिल्म प्रदर्शनमा आएको एक दशकपछि यसको सिक्वेलको बन्ने पक्का भएको छ ।

अहिले ‘पीके’का निर्देशक राजकुमार हिरानी, नायक अमिर खान र लेखक अभिजित जोशी सिक्वेलको काममा सक्रिय भएर लागिपरेको खबर बाहिरिएको छ ।

भारतीय मिडिया टाइम्स अफ इन्डियाले सिक्वेलमा रणवीर शीर्ष कलाकारका रुपमा देखिने उल्लेख गरेको छ । उनी एलियनकै भूमिकामा देखिने बताइएको छ । सिक्वेलमा आमिर पनि दोहोरिने छन् ।

रणवीर अहिले ठूला ब्यानारका फिल्ममा काम गरिरहेका छन् । उनको पाइपलाइनमा फिल्महरु टन्नै छन् ।

उनको अभिनय रहेको फिल्म ‘रामायण’ सन् २०२६ को दिपावलीमा प्रदर्शनमा आउँदै छ । यसको छायाङ्कन सकिए पनि उनले प्रचारका लागि समय निकाल्नु पर्ने हुन्छ ।

रणवीर ‘धुम-४’ मा पनि अनुबन्ध भइसकेको खबर बाहिरिएको छ । यसको छायाङ्कन पनि चाँडै हुने चर्चा छ । उनी ‘एनिमल’को सिक्वेल ‘एनिमल पार्क’मा पनि अनुबन्ध भइसकेको बताइएको छ ।

यी पाइपलाइमा रहेका फिल्मको काम सकेरै मात्र रणवीर ‘पीके-२’को छायाङ्कनमा सहभागी हुने चर्चा छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : ०० बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय