‘पीके’को सिक्वेलमा रणवीर एलियन बन्ने पक्का « Khabarhub

‘पीके’को सिक्वेलमा रणवीर एलियन बन्ने पक्का


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१४ डिसेम्बरमा बलिउड नायक आमिर खान स्टारर फिल्म ‘पीके’ प्रदर्शनमा आएको थियो ।

यो फिल्मले प्रदर्शनमा आएपछि विभिन्न कोणबाट चर्चा पायो । कसैले यो फिल्मलाई धर्मविरोधी भने । कसैले फिल्मको प्रशंसा गरे ।

फिल्मप्रेमीको बहसको कुरा भने अर्कै थियो । उनीहरुको अनुमान थियो- ‘पीके-२’मा नायक रणवीर कपुर मुख्य भूमिकामा हुनेछन् ।

फिल्मको अन्त्यमा रणवीरको प्रवेश भएको थियो । एलियनको भूमिकामा रहेका रणवीरलाई आमिर खानले पृथ्वीमा घुम्न ल्याएका थिए ।

प्राय: हिट फिल्मको सिक्वेल बन्ने गर्छन् । यसरी स्टार कलाकार फिल्मको अन्त्यमा देखिनु भनेको सिक्वेलको लागि नायक तय भइसकेको सन्देश दिन लागेको बुझिन्छ ।

त्यसैले रणवीर ‘पीके’को सिक्वेलमा शीर्ष भूमिकामा देखिन्छ भन्ने चर्चा चलेको हो । फिल्म प्रदर्शनमा आएको एक दशकपछि यसको सिक्वेलको बन्ने पक्का भएको छ ।

अहिले ‘पीके’का निर्देशक राजकुमार हिरानी, नायक अमिर खान र लेखक अभिजित जोशी सिक्वेलको काममा सक्रिय भएर लागिपरेको खबर बाहिरिएको छ ।

भारतीय मिडिया टाइम्स अफ इन्डियाले सिक्वेलमा रणवीर शीर्ष कलाकारका रुपमा देखिने उल्लेख गरेको छ । उनी एलियनकै भूमिकामा देखिने बताइएको छ । सिक्वेलमा आमिर पनि दोहोरिने छन् ।

रणवीर अहिले ठूला ब्यानारका फिल्ममा काम गरिरहेका छन् । उनको पाइपलाइनमा फिल्महरु टन्नै छन् ।

उनको अभिनय रहेको फिल्म ‘रामायण’ सन् २०२६ को दिपावलीमा प्रदर्शनमा आउँदै छ । यसको छायाङ्कन सकिए पनि उनले प्रचारका लागि समय निकाल्नु पर्ने हुन्छ ।

रणवीर ‘धुम-४’ मा पनि अनुबन्ध भइसकेको खबर बाहिरिएको छ । यसको छायाङ्कन पनि चाँडै हुने चर्चा छ । उनी ‘एनिमल’को सिक्वेल ‘एनिमल पार्क’मा पनि अनुबन्ध भइसकेको बताइएको छ ।

यी पाइपलाइमा रहेका फिल्मको काम सकेरै मात्र रणवीर ‘पीके-२’को छायाङ्कनमा सहभागी हुने चर्चा छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : ०० बजे

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजना सञ्चालन

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा

साँगा-धुलिखेल सडक स्तरोन्नतिको काम कता पुग्यो ?

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

महाधिवेशनमा एमालेले ५० हजार बढी युवा उतार्ने

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले ५० हजार

आइतबारको माैसम पूर्वानुमान : देश आशिंक बदली

काठमाडौं – आइतबार दिउँसो देशभर घाम लाग्दै बादल लाग्ने मौसमविद्ले

ओली कुटीको नक्सा पोस्ट गर्दै शिक्षामन्त्री लेख्छन्- ‘इन्जिनियरलाई कारबाही गर्नुपर्छ !’

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले ओली कुटीको नक्सा बनाउने इन्जिनियरलाई