आईपीएल जितेलगत्तै आरसीबीलाई कानुनी झमेला, अदालत पुग्यो मुद्दा « Khabarhub

आईपीएल जितेलगत्तै आरसीबीलाई कानुनी झमेला, अदालत पुग्यो मुद्दा


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

बेंगलुरु – पहिलोपटक आईपीएल उपाधि जितेको खुशी सेलाउन नपाउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) कानुनी झमेलामा फसेको छ।

बेंगलुरुमा बुधबार भएको विजय र्‍यालीका क्रममा भएको भागदौड घटनामा आरसीबी, एक इभेन्ट म्यानेजमेन्ट कम्पनी (डीएनए) र कर्नाटक क्रिकेट संघविरुद्ध आपराधिक लापरवाहीको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ ।

कर्नाटक प्रहरीका अनुसार बुधबार भएको विजय जुलुसको बेला चिन्नास्वामी रंगशालाबाहिर भीड अनियन्त्रित भई मच्चिएको भागदौडमा ११ जनाको मृत्यु भएको थियो । घटनामा ३३ जना घाइते भए। मृतकहरूमा अधिकांश ३५ वर्षभन्दा कम उमेरका छन । जसमा तीन किशोरसमेत छन्।

सुरक्षा व्यवस्थाको कमी र जिम्मेवार निकायहरूको लापरवाहीले यो घटना भएको जाहेरीमा उल्लेख गरिएको छ । घटनापछि कर्नाटक उच्च अदालतमा सुनुवाइ भएको छ।

कार्यवाहक प्रमुख न्यायाधीश वी. कामेश्वर राव र न्यायाधीश सी.एम. जोशीको इजलासले राज्य सरकारलाई १० जुनभित्र स्थिति विवरण पेश गर्न निर्देशन दिएको छ।

जाहेरीकर्ताका कानुन व्यवसायीले अदालतसमक्ष राज्य सरकारले आरसीबी खेलाडीहरूलाई सम्मान गर्ने निर्णय किन गर्‍यो भन्ने जवाफ खोजेका छन् । देशको तर्फबाट नखेलेका खेलाडीलाई यस्तो विशेष सम्मान दिनुपर्ने बाध्यता के हो? भनेर उनले प्रश्न गरे ।

विवादको जरो त्यही दिनको सरकारी सम्मान कार्यक्रम थियो, जहाँ पहिलोपटक आईपीएल उपाधि जितेको आरसीबी टोलीलाई विधानसभा परिसर र त्यसपछि चिन्नास्वामी स्टेडियममा सम्मान गरिएको थियो।

घटना हुँदा स्टेडियम बाहिर हजारौं समर्थकहरू जम्मा भएका थिए । नि:शुल्क प्रवेशको अफवाह फैलिएपछि स्थिति भयावह बनेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ६ : ५१ बजे

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण