भिजिट भिसा प्रकरणमा छानविन समिति गठन हुनुपर्छ : प्रमुख सचेतक पाण्डे « Khabarhub

भिजिट भिसा प्रकरणमा छानविन समिति गठन हुनुपर्छ : प्रमुख सचेतक पाण्डे


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन हुनुपर्ने माग कायमै रहेको बताएका छन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले भिजिट भिसा प्रकरण मानवतस्करीसँग जोडिएको विषय भएकाले छानविन समिति गठन हुनुपर्ने माग कायमै रहेको बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले मार्गप्रसस्त गरेर छानविनलाई व्यवस्थित बनाउनुपर्ने उनले बताए। पाण्डेले भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्ने प्रतिवद्धता मात्रै आएपनि सदनको गतिरोध अन्त्य हुने जिकिर गरे ।

उनले पतञ्जलि जग्गा हिनामिना प्रकरणका विषयमा पार्टीभित्र छलफल गरेर धारणा सार्वजनिक गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ७ : ०५ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन