पिताम्बरको ५१ दिने सफलतामा सिक्वेल ल्याउने घोषणा « Khabarhub

पिताम्बरको ५१ दिने सफलतामा सिक्वेल ल्याउने घोषणा


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषा चौलागाई निर्देशित फिल्म ‘पिताम्बर’ले प्रदर्शनको ५१ दिन मनाएको छ । गत चैत २९ बाट प्रदर्शनमा आएको यस फिल्मले रञ्जना हल र विग मुभिजमा ५१ दिन मनाएको हो ।

रञ्जना हलमा एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले यस सफताको खुशी मनाएको छ । उक्त कार्यक्रममा फिल्मका शीर्ष कलाकार सौगात मल्ल, प्रमोद अग्रहरी र अनुपविक्रम शाही उपस्थित थिए ।

फिल्मका मुख्य नायक प्रदीप खड्का, नायिकाहरु सुपुष्पा भट्ट र दिव्या भने कार्यव्यस्तताले अनुपस्थित रहे ।

उक्त कार्यक्रममा निर्देशक कृषाले भने यस फिल्मको सिक्वेल ‘पिताम्बर २’ निर्माण गर्ने घोषणा गरिन् । भनिन्, ‘पिताम्बरको गल्ती सच्याउँदै यसको सिक्वेल निर्माण गर्नेछु ।’

सिक्वेलमा ‘पिताम्बर’का कुन–कुन कलाकार दोहोरिन्छ यसबारे भने केही बताइएको छैन ।

‘पिताम्बर’ मल्टिस्टार फिल्म र प्रचारले हाइप बटुले पनि व्यावसायिक रुपमा भने उत्कृष्ट रहन सकेन । यस फिल्मको ग्रस कलेक्सन ५ करोडभन्दा कम नै रहेको बुझिएको छ ।

यो फिल्मले कृषालाई भने चर्चामा ल्याएको छ । उनलाई यसले स्थापित निर्देशक बनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : ०७ बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ