पिताम्बरको ५१ दिने सफलतामा सिक्वेल ल्याउने घोषणा « Khabarhub

पिताम्बरको ५१ दिने सफलतामा सिक्वेल ल्याउने घोषणा


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषा चौलागाई निर्देशित फिल्म ‘पिताम्बर’ले प्रदर्शनको ५१ दिन मनाएको छ । गत चैत २९ बाट प्रदर्शनमा आएको यस फिल्मले रञ्जना हल र विग मुभिजमा ५१ दिन मनाएको हो ।

रञ्जना हलमा एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले यस सफताको खुशी मनाएको छ । उक्त कार्यक्रममा फिल्मका शीर्ष कलाकार सौगात मल्ल, प्रमोद अग्रहरी र अनुपविक्रम शाही उपस्थित थिए ।

फिल्मका मुख्य नायक प्रदीप खड्का, नायिकाहरु सुपुष्पा भट्ट र दिव्या भने कार्यव्यस्तताले अनुपस्थित रहे ।

उक्त कार्यक्रममा निर्देशक कृषाले भने यस फिल्मको सिक्वेल ‘पिताम्बर २’ निर्माण गर्ने घोषणा गरिन् । भनिन्, ‘पिताम्बरको गल्ती सच्याउँदै यसको सिक्वेल निर्माण गर्नेछु ।’

सिक्वेलमा ‘पिताम्बर’का कुन–कुन कलाकार दोहोरिन्छ यसबारे भने केही बताइएको छैन ।

‘पिताम्बर’ मल्टिस्टार फिल्म र प्रचारले हाइप बटुले पनि व्यावसायिक रुपमा भने उत्कृष्ट रहन सकेन । यस फिल्मको ग्रस कलेक्सन ५ करोडभन्दा कम नै रहेको बुझिएको छ ।

यो फिल्मले कृषालाई भने चर्चामा ल्याएको छ । उनलाई यसले स्थापित निर्देशक बनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ८ : ०७ बजे

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्

निर्माण गरेको दुई वर्षमै पुल जोखिममा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने

जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएकाहरू भेटिए

हुम्ला । जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि

सुत्केरी व्यथाले च्यापेकी उत्तरी गोरखाकी एक महिलालाई हेलिकप्टरबाट उद्धार

गोरखा । गोरखाकी एक गर्भवती महिलालाई निर्धारित मितिभन्दा १३ दिनअघि