मुख्यमन्त्री सिंह र एडिबी टोलीको भेटमा के भयो कुराकानी ? « Khabarhub

मुख्यमन्त्री सिंह र एडिबी टोलीको भेटमा के भयो कुराकानी ?


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जनकपुर – मधेस–प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन (पिएफएम) मूल्याङ्कन अन्तिम चरणमा पुगेको जनाएको छ । यो मूल्याङ्कन एशियाली विकास बैंक (एडिबी)को प्राविधिक सहयोगमा स्वमूल्याङ्कन विधिबाट अगाडि बढाइएको हो ।

आज जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा एडिबीका प्रतिनिधिमण्डलले मुख्यमन्त्री सतिशकुमार सिंहसँग भेटगरी मूल्याङ्कनको प्रगतिबारे जानकारी गराएको हो । एडिबी निर्देशक श्रीनिवासन जनार्दनमको नेतृत्वमा आएको टोलीले हालसम्मको मूल्याङ्कन प्रक्रिया, नतिजा र आगामी कार्ययोजनाबारे छलफल गरेको हो ।

छलफलमा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साह, साथै एडिबीका वरिष्ठ अधिकृत जुलीका र कृष्ण पाठकको उपस्थिति थियो ।

प्रदेश सरकारले पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी बजेट कार्यान्वयनको लक्ष्यसहित सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका लागि यो मूल्याङ्कन अघि बढाएको हो ।

नेपालमा यसअघि गण्डकी प्रदेशले पिएफएम मूल्याङ्कन पूरा गरिसकेको छ भने मधेस प्रदेशको मूल्याङ्कन अन्तिम चरणमा पुगेको एडिबी प्रतिनिधिमण्डलले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ९ : ०५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज