मुचुल्का उठाएर सहकारीको कोठा खाली गराउन कठिन छ : उपमेयर डंगोल « Khabarhub

मुचुल्का उठाएर सहकारीको कोठा खाली गराउन कठिन छ : उपमेयर डंगोल


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मुचुल्का उठाएर सहकारीको कोठा खाली गराउन कठिन रहेको बताएकी छिन् । न्यायिक समितिमा आएका घरकोठा खाली गराउने मागको विषयमा भएको छलफलमा डंगोलले यस्तो बताएकी हुन् ।

‘भाडा लिने मान्छे कोठा बन्द गरेर कता छ कतारु यता भाडा आम्दानीबाट घरको किस्ता तिर्नु पर्ने घरधनी मानसिक समस्या बोकेर बसिरहनु परेको छ’, डंगोलले भनिन्, ‘न कोठाभित्र छिरेर प्रयोग गर्न पाइन्छ । न भाडा पाइन्छ । आफ्नै कोठा बन्द भएर बसिरहेको हेर्नुको विकल्प नभएको अवस्था छ ।’

कार्य क्षेत्र भएर लामो समयदेखि बन्द अवस्थामा रहेका सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न संयन्त्रको आवश्यकता रहेको डंगोलले बताइन् । विगतका समस्या दोहोरिन नदिने कार्यक्रम तत्काल थाल्नु पर्ने डंगोलको भनाई थियो ।

‘घर कोठा खाली गराउनु पर्ने सहकारीहरुको अवस्था, यसका असर र क्षति न्यूनीकरणका प्रयास गर्नु पर्ने छ’, डंगोलले भनिन्, ‘यो समस्या व्यक्ति, परिवार र समाजसँग जोडिएको संवेदनशील विषय छ ।’

वित्तीय व्यवस्थापनसँग सम्बन्धित सम्भावित जोखिमलाई पूर्वअनुमान गरेर थप विग्रिन नदिन ‘निदानात्मक’ कार्यक्रम र आम मानिसलाई सहकारीसँग सम्बन्धित वित्तीय आचरणका विषयमा ‘सचेतनात्मक’ कार्यक्रम अहिले नै थालनी गर्न सकिने डंगोलले बताईन् ।

‘व्यक्ति व्यक्तिको समझदारीमा घरकोठा लिएर पर्ने विवादमा जस्तो वित्तीय व्यवस्थापनसँग काम गर्ने संस्थाको घरकोठा खाली गराउन सजिलो छैन’, डंगोलले भनिन्, ‘बन्द कोठाभित्र भएका भौतिक सम्पत्तिभन्दा संवेदनशील कागजपत्र, प्रविधि र प्राविधिक विषय हुन्छन् ।’

अहिलेसम्म देखिएका समस्या आगामी दिनमा व्यहोर्नु नपरोस् भनेर निदानात्मक र प्रवर्धनात्मक कार्यक्रम चलाउनु पर्नेमा डंगोलले जोड दिएन् । महानगरको सहकारी विभाग, राजस्व विभाग, कानुन तथा मानव अधिकार विभाग र सूचना प्रविधि विभागले दायित्व वहन गर्ने गरी एकीकृत प्रणाली विकास गर्न उपमेयर डंगोलले निर्देशन दिइन् ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ९ : ४७ बजे

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद