१७ वर्षपछि एकै फिल्ममा काम गर्दै अक्षय र सैफ « Khabarhub

१७ वर्षपछि एकै फिल्ममा काम गर्दै अक्षय र सैफ


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडका दुई नायक अक्षय कुमार र सैफ अली खान १७ वर्ष एकै फिल्ममा सहकार्य गर्ने भएका छन् ।

उनीहरुले फिल्म ‘हैवान’मा सहकार्य गर्ने तय भएको भारतीय अनलाइन मिडिया बलिउड हंगामाले उल्लेख गरेको छ । यो फिल्मबारे निर्माण पक्षले थप खुलाएको छैन ।

क्षय र सैफलाई एक साथ हेर्न रुचाउने दर्शकका लागि यो खुसीको खबर बनेको छ । यो फिल्मको निर्देशक प्रियदर्शन रहने खबर छ ।

उनीहरु दुईले सन् २००८ मा प्रदर्शनमा आएको ‘टशन’मा सहकार्य गरेका थिए । त्यस यता उनीहरुलाई एकै फिल्ममा देखिएको छैन ।

‘हैवान’को छायाङ्कन सन् २०२५ भित्रै सुरु हुने बताइएको छ । सन् २०२६ मा प्रदर्शनमा ल्याउने निर्माण पक्षको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ६ : ४१ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,