१७ वर्षपछि एकै फिल्ममा काम गर्दै अक्षय र सैफ « Khabarhub

१७ वर्षपछि एकै फिल्ममा काम गर्दै अक्षय र सैफ


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडका दुई नायक अक्षय कुमार र सैफ अली खान १७ वर्ष एकै फिल्ममा सहकार्य गर्ने भएका छन् ।

उनीहरुले फिल्म ‘हैवान’मा सहकार्य गर्ने तय भएको भारतीय अनलाइन मिडिया बलिउड हंगामाले उल्लेख गरेको छ । यो फिल्मबारे निर्माण पक्षले थप खुलाएको छैन ।

क्षय र सैफलाई एक साथ हेर्न रुचाउने दर्शकका लागि यो खुसीको खबर बनेको छ । यो फिल्मको निर्देशक प्रियदर्शन रहने खबर छ ।

उनीहरु दुईले सन् २००८ मा प्रदर्शनमा आएको ‘टशन’मा सहकार्य गरेका थिए । त्यस यता उनीहरुलाई एकै फिल्ममा देखिएको छैन ।

‘हैवान’को छायाङ्कन सन् २०२५ भित्रै सुरु हुने बताइएको छ । सन् २०२६ मा प्रदर्शनमा ल्याउने निर्माण पक्षको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ६ : ४१ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का