अनमोलको खोक्रो स्टारडम्, श्रीकृष्ण बितेको दशकपछि अन्तिम फिल्मले पायो सम्मान | Khabarhub Khabarhub

सिने ब्रिफ

अनमोलको खोक्रो स्टारडम्, श्रीकृष्ण बितेको दशकपछि अन्तिम फिल्मले पायो सम्मान


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

हेडलाइन
– अलटाइमा १० करोड ग्रस कलेक्सन कटाउने नेपाली फिल्मको संख्या १४ मात्रै
– हिट फिल्मको सूचीमा परेनन् अनमोलको फिल्म, उदाङ्गियो खोक्रो स्टारडम्
– सिनेमा निर्देशनमा डेब्यू गर्दै बल्छी, नायिकामा वर्षा सिवाकोटी फाइनल, हिरो तय हुन बाँकी
गसिपमा छ, धान रोपाइँमा लगाएको पहिरनका कारण नायिका एलिजाको मजाक

भिडियो :

‘कोहिनूर’ फिल्मले पायो सम्मान, स्मरणमा श्रीकृष्ण

नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनूर’लाई चलचित्र विकास बोर्डले आफ्नो २५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्मान गरेको छ ।

अल टाइम हिट २५ फिल्मको सूचीमा परेपछि श्रीकृष्णको निधन भएको दशकपछि ‘कोहिनूर’ले सम्मान पाएको हो ।

०७१ साल साउन २३ गते नायक श्रीकृष्ण र उनकी श्रीमती श्वेता खड्का अभिनित फिल्म ‘कोहिनूर’ प्रदर्शनमा आएको थियो ।

यो फिल्म प्रदर्शनमा आएको तेस्रो दिन आइतबार नायक श्रीकृष्ण श्रेष्ठको मृत्युको खबर फैलियो ।

एक महिनाअघि विवाह बन्धनमा बाँधिएको यो जोडी हनुमनका भारत पुगको थियो ।

त्यहाँ स्वास्थ्य बिग्रिएपछि श्रीकृष्ण भारतमै उपचार गराउने लागे । अस्पातला भर्ना भएको केही दिनको उनको मृत्युको भयो ।
उनको मृत्युको कारण भने बोन क्यान्सर भएको बाहिरिएको थियो ।

उनी उपचारकै क्रममा रहेका बेला यता फिल्मको प्रचार भइरहेको थियो । श्रीकृष्णले पनि आफ्नो स्वास्थ्य जे जस्तो भए पनि पूर्वनिर्धारित मिति अर्थात् साउन २३ मै फिल्म हलमा लगाउने इच्छा राखेका थिए ।

अस्पतालको बेडबाट उनले कारुणिक अवाजमा दर्शकलाई एक सन्देश पनि छोडेका थिए । उनको सन्देश थियो, ‘म नभए पनि श्वेता जी नभए पनि यो फिल्म तपाईंहरूको हो । त्यसकारण तपाईंहरू यो फिल्मलाई आफ्नो सम्झिएर माया गर्नुहोस् । त्यो नै मेरो लागि तपाईंहरूले दिएको औषधि हुनेछ ।’

जोडी बनेर भारत गएकी श्वेता पति गुमाउनुको बज्रपात रहेर एक्लै फर्कनुपर्‍यो । उनी विवाह भएको दोस्रो पूरा नहुँदै विधुवा बन्नुपर्‍यो ।

दर्शकहरू श्वेतालाई सहानुभूति र श्रीकृष्णको अन्तिम फिल्म हेर्न अथवा उनलाई श्रद्धाञ्जली दिन हलमा ओरिए । त्यसभन्दा लुट र कबड्डी जस्ता ब्लकबस्टर फिल्म लाग्दा पनि हलमा दर्शकको चाप ‘कोहिनूर’को देखिएको थिएन ।

श्रीकृष्णको मृत्युको कारण नै यो फिल्मले कल्पनाभन्दा कयौं गुणा बढी दर्शकको साथ पाएको तर्क गर्ने पनि छ । यो वास्तविकता पनि हो ।

जे जसरी होस्, ‘कोहिनूर’ १० करोड ग्रस कलेक्सन कटाउने पहिलो नेपाली फिल्म हो ।

चलचित्र विकास बोर्डका अनुसार यस फिल्मले १४ करोड ७५ लाख लाइफटाइम ग्रस कलेक्सन गरेको छ ।

सोहीकारण विकास बोर्डले २५ औं वार्षिक उत्सवका अवसरमा गत सोमबार सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्मको सूचीमा सामावेश गरी ‘कोहिनूर’लाई सम्मान गरेको हो ।

श्रीकृष्णले भौतिक शरीरलाई छोडेको ११ वर्ष पूरा १ महिना बाँकी छ । अर्थात्, निधनको दशकपछि पनि श्रीकृष्णलाई नेपाली सिनेमा क्षेत्रले औपचारिक कार्यक्रममा स्मरण गरेको छ ।

श्रीकृष्णले जुन फिल्मको सफलता देख्न पाएनन्, यही फिल्मको सफलता उनको स्मणर गराउने तत्व सावित भएको छ ।

श्रीकृष्णलाई सिने ब्रिफको तर्फबाट हार्दिक श्रद्धाञ्जिली ।

अनमोलको खोक्रो स्टारडम्

अनमोलको नामको अगाडि मेघा स्टारको फुर्को जोडिन्छ । फिल्म ‘कृ’ प्रचारका त्यस फिल्मको निर्माण टिमबाट यो उपमा पाएका हुन् ।

उनी सार्वजनिक कार्यक्रममा बडिगार्ड नै लिएर जान्छन् । खै किन उनले आफूलाई असुरक्षित महसुस गरे ?

उनले महँगो र डिमान्डेड स्टार भनेर पनि चर्चा पाउने गर्छन् । उनलाई एक फिल्मको लागि ५० लाख दिएको दाबी गर्ने निर्माता पनि छन् । यस अर्थमा उनी महँगा नायक चाहिँ अवश्य नै हुन् ।

तर, अनमोलको फ्यान फलोइङ चर्चा गरिए जस्तो नरहेको उनकै फिल्मको बक्स अफिस कलेक्सनले देखाएको छ ।

अर्थात्, उनको कुनै पनि फिल्मले साढे सात करोड व्यापार नगरेको खुलेको हो ।

चलचित्र विकास बोर्डले अलटाइम २५ हिट फिल्मको सूची सार्वजनिक गरेको छ । त्यसमा अनमोलका कुनै फिल्म समावेश छैनन् ।

२५ हिट फिल्मको सूचीको अन्तिममा ‘पशुपति प्रसाद : भष्मे डन’ छ । यसको ग्रस कलेक्सन ७ करोड ३२ लाख छ ।

अर्थात्, अनमालेका कुनै फिल्म ‘भष्मे डन’को जति पनि व्यापार गर्न सकेको छैन ।

अर्थात्, उनको स्टारडम खोक्रो रहेको पुष्टि भएको छ । उनको फ्यान फलोइङ उच्च भए हलमा दर्शक भीड लाग्नुपथ्र्यो होइन र ?

अब कसरी भए उनी मेघा स्टार, बढी फ्यान फलोलिइङ उनको कसरी भयो ? किन उनलाई डिमान्डेड भनियो ?

अब अनमोलले आगामी दिनमा यी प्रश्नको सामाना गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यो पनि : नेपाली फिल्मको ६० वर्ष : २० करोड ग्रस कटाउने फिल्म केबल दुइटा, १४ वटाको व्यापार १० करोडमाथि

गसिप

असार १५ गते अर्थात्, राष्ट्रिय धान दिवस पारेर हाम्रा केही सिलिब्रिटी हिलो खेतमा पसेका थिए तर, चर्चामा भने नायिका एलिजा आइन् ।
ढाकाको सारी–चोलो लगाएर धान खेतमा पसेकी एलिजालाई हिलो खेल्न आफ्नै पहिरन घाडो बन्यो । अनि सामाजिक सञ्जालमा उनी ट्रोलको शिकार भइन् ।
भन्नेले तथानाम भनेका छन् । तर, यथार्थ भने, उनको ड्रेसिङ सेन्सलाई लिएर नराम्रै कमेन्ट बढी छ ।
हुन पनि एलिजाले देशअनुसारका भेष गरेको भए भइहाल्थ्यो । अन्तर्वार्ता र कार्यक्रममा जाँदा वान पिस र मिनिस्कट लाउने उनलाई कि हिलो खेतामा जाँदा चाहिँ सारी लगाएर संस्कारी किन बन्नु परेको हो ?
सायद चर्चाको लागि होला । जुन उनले पाएकी पनि छन् । सायद उनको उद्देश्य पूरा पनि भयो !

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ७ : ४९ बजे

‘राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्र सुधार्न सकिँदैन’

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य

गिरिजाप्रसादले हिम्मत नगरेको भए नेपालमा गणतन्त्र आउने थिएन : देउवा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला

सय जनामध्ये ९० जनामा सकारात्मक सोच नै छैन : शेखर कोइराला 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सय जनामध्ये ९०

सामाजिक सञ्जालको सदुपयोग गरेर क्षमता प्रदर्शन गरौँ : डिना उपाध्याय 

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले मोबाइल र सामाजिक सञ्जालको

रुसी आक्रमणपछि ट्रम्पले गरे नयाँ प्रतिबन्धको संकेत

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रूसद्वारा हालै गरिएको