शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३४ पैसा र बिक्री दर १३६ रुपियाँ ९४ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ५८ पैसा र बिक्रीदर १६१ रुपियाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ १० पैसा र बिक्रीदर १८६ रुपियाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ८३ पैसा र बिक्रीदर १७२ रुपियाँ ५९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४३ पैसा र बिक्रीदर ८९ रुपियाँ ८२ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ३१ पैसा र बिक्रीदर १०० रुपियाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ०५ पैसा र बिक्रीदर १०७ रुपियाँ ५२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४५ पैसा र बिक्रीदर नौ रुपियाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०४ पैसा र बिक्रीदर १९ रुपियाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३५ पैसा र बिक्रीदर ३६ रुपियाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४१ पैसा र बिक्रीदर ३७ रुपियाँ ५७ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १२ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३० पैसा र बिक्रीदर ३२ रुपियाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ र बिक्रीदर १० रुपियाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २७ पैसा र बिक्रीदर १४ रुपियाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५२ पैसा र बिक्रीदर २१ रुपियाँ ६२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३७ पैसा र बिक्रीदर १७ रुपियाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपियाँ ६७ पैसा र बिक्रीदर ४४८ रुपियाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ६७ पैसा र बिक्रीदर ३६३ रुपियाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ १३ पैसा र बिक्रीदर ३५५ रुपियाँ ६९ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ६ : ०३ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध