पाँच प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह « Khabarhub

पाँच प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ । उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै ठूलो वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ६ : ३५ बजे

बाढीबारे प्रधानमन्त्रीले भने- मानव सभ्यताले भोगेको ठुलो घटना हो, पूर्व जानकारी भएन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विपत्तिको घटना अहिलेसम्मकै ठुलो

डीएनए म्याच भएपछि परिवारले शव लैजान पाइने : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले उद्धारका क्रममा व्यवस्थापन गरिएका शवको डीएनए परीक्षणबाट

भोटेकोशी बाढी : बुधबारसम्म ११ सय १४ शव भेटिए, ९५ को मात्रै सनाखत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार भोटेकोशी नदीमा आएको भीषण

गण्डकीमा नेसपाका फणीन्द्र तेस्रोपटक मन्त्री नियुक्त (तस्बिरहरू)

काठमाडौं – केन्द्रको सत्ता समीकरणमा आएको परिवर्तनसँगै गण्डकी प्रदेश सरकारमा पनि मन्त्रिपरिषद्

बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम जारी : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि