साताको कार्टुन : निजामती विधेयकमा ‘बाहेक’… « Khabarhub

साताको कार्टुन : निजामती विधेयकमा ‘बाहेक’…


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रतिनिधि सभामा असार १ गते ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन’ पेश गर्दै भनेका थिए, ‘यो विधेयक संविधानपछिको सबैभन्दा महत्वपूर्ण विधेयक हो ।’

यही निजामती सेवा विधेयकमाथि दफावार छलफल चलाएका खतिवडा, सङ्घीय संसद्‌का महासचिव, सरकारका मुख्यसचिव र सचिवहरूले छेडखानी गरेको आरोप खेपिरहेका छन्‌ ।

कर्मचारीले सेवामा रहँदै मुख्यतः दातृसंस्था र राजनीतिक दल रिझाउने, उनीहरूका अनुकूल निर्णय गर्ने र अवकाश पाएलगत्तै दाताको जागिर या दलको निगाहमा राज्यकै महत्वपूर्ण निकायमा राजनीतिक नियुक्ति लिने प्रवृत्ति दुरुत्साहन गर्न विधेयकमा ‘कुलिङ पिरियड’ प्रस्ताव गरिएको थियो ।

अवकाश प्राप्त गरेको दुई वर्षसम्म सरकारी कर्मचारीले काम गर्न नपाउने उल्लेख गरिएको विधेयक प्रतिनिधि सभाले पारित गर्दासम्म दफा ८२(५)(क) मा यसरी छेडछाड भइसकेको थियो कि त्यसले सार्वभौम भनिने संसद्‌कै मजाक बनाइदिएको थियो ।

संसद्‌ले स्वीकृत र पारित गरेको विधेयकमा संसद्‌लाई नै थाहा नदिइ ‘बाहेक’ शब्द थपिदिँदा यतिखेर विधेयकमा छलफल गरेका सांसद्‌, विषयगत समितिका सभापति र निजामती सेवाका उच्चपदस्थहरू सार्वजनिक आलोचनाको तारो बनेका छन्‌ ।

प्रस्तुत कार्टुनमा संसदीय समितिका सभापतिकै अघि कर्मचारीले विधेयकमा कसरी शब्दको जालझेल गरे भनी व्यङ्ग्य गर्न खोजिएको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : ३५ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न