एसीसी यु–१६ फाइनल : सिंगापुरद्वारा नेपालसामु ११४ रनको लक्ष्य « Khabarhub

एसीसी यु–१६ फाइनल : सिंगापुरद्वारा नेपालसामु ११४ रनको लक्ष्य


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेटको फाइनलमा सिंगापुरले नेपालसामु ११४ रनको लक्ष्य दिएको छ ।

मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४० ओभर ५ बलमा अलआउट हुँदै ११३ रन बनाएको छ ।

सिंगापुरका रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । यस्तै, रियान नायकले १५, वेदान्श गुप्ताले १२ तथा आकाश तेजाले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका शुशील बहादुर रावल र अभय यादवले ३–३, शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए ।

नेपाल घरेलु टोली मलेसियालाई हराउँदै फाइनल पुगेको थियो भने सिंगापुरले हङकङलाई हराएको थियो ।

प्रतियोगितामा नेपाल अपराजित टिम हो भने सिंगापुरले नेपालसँगको भेटमा एक हार बेहोरेको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : ३५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको