युवालाई सामाजिक सञ्जालमा सक्रिय हुन कांग्रेस प्रवक्ता महतको आग्रह | Khabarhub Khabarhub

युवालाई सामाजिक सञ्जालमा सक्रिय हुन कांग्रेस प्रवक्ता महतको आग्रह


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्रीडा. प्रकाशशरण महतले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा सक्रिय हुन आग्रह गरेका छन् । 

काठमाडौंको चाबहिलमा शनिबार आयोजित नुवाकोटको शिवपुरी गाउँपालिका–१ का युवासँगको अन्तरक्रियामा उनले कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा सक्रियता बढाउन आग्रह गरेका हुन् ।  

प्रवक्ता महतले कांग्रेसका नेता–कार्यकर्ताहरू सामाजिक सञ्जालको उपयोगमा पछि देखिएका पनि बताए । उनले वडा–वडामा सामाजिक सञ्जालमा सक्रिय युवाको सूची नै बनाएर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।  

‘युवा साथीहरू सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ । बूढापाकाहरू धेरै जान्दा पनि जान्दैनन् । त्यो सक्रियता पनि छैन,’ महतले भने, ‘हरेक वडामा एउटा टिम नै बनाउनु पर्‍यो ।’ 

उनले सामाजिक सञ्जालमा पार्टीको पक्षमा कुरा राख्दा मर्यादित ढंगले राख्नुपर्नेमा पनि जोड दिए ।

 ‘प्रतिपक्षले नचाहिँदो कुरा राख्यो कि त्यसलाई प्रतिवाद गर्ने,’ प्रवक्ता महतले भने, ‘यो तपाईंले गलत भन्दै हुनुहुन्छ, झुटो कुरा भन्दै हुनुहुन्छ, अरू गाली गलौज गर्नु परेन ।’

उनले सामाजिक सञ्जालमा पार्टीले गरेका कामहरूबारे पनि प्रचार-प्रसार गर्नुपर्नेमा जोड दिए ।

 ‘हामीले आफ्नो कुरा पनि, यी कुराहरू हामीले गरेको हो भन्ने कुरा राख्न थाल्नु पर्‍यो,’  प्रवक्ता महतले भने, ‘त्यो किसिमबाट हामीले वडापिच्छे एउटा सामाजिक सञ्जालमा काम गर्ने साथीहरूको सूची बनाएर काम गर्न थालौँ भन्ने लाग्छ ।’

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १२ : ४९ बजे

रास्वपाको भर्चुअल बैठक : सुमनाले पार्टी छोड्नुको कारणबारे छानबिन हुनुपर्ने माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय, प्रदेश र जिल्ला

जेन–जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ

पर्वत – पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले

राष्ट्रिय बाल दिवसमा दीप प्रज्वलन, आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली

काठमाडौं – राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार काठमाडौंको

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती