जनयुद्धको तयारीमा भाषण र सिद्धान्तले भन्दा गीत– सङ्गीतले उत्साह दिएको थियो– प्रचण्ड « Khabarhub

जनयुद्धको तयारीमा भाषण र सिद्धान्तले भन्दा गीत– सङ्गीतले उत्साह दिएको थियो– प्रचण्ड


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिगत रुपमा जनयुद्धको तयारी गर्दा भाषण र सिद्धान्तले भन्दा गीत, सङ्गीतले बढी उत्साह दिएको बताएका छन् ।

शनिबार गायक बाबा पाख्रिनलाई माओवादी केन्द्रमा प्रवेश गराउँदै प्रचण्डले भने, ‘हामी भूमिगत रुपमा त्यसको तयारी गर्दै गर्दा गीतहरूबाट सङ्गीतहरूबाट जनताहरूलाई उत्साहित गरेका थियौं ।’ उनले भाषणहरू, दर्शन सिद्धान्तको व्याख्याले भन्दा गीत, सङ्गीत नृत्यहरूले जनयुद्धमा बढी ठूलो तयारी गरेको बताए ।

उनले आगामी निर्वाचनमा गायक पाख्रिनको भूमिका निर्णायक हुने प्रचण्डले बताए । उनले भने, ‘अब आउने लडाइँ, निर्वाचनको लडाइँ लड्दै छौं, यो निर्वाचन क्षेत्रबाट बाबा पाख्रिनजस्ता कम्रेडहरूको भूमिका निर्णायक भएर आउने छ भन्ने विश्वास पनि म व्यक्त गर्न चाहान्छु ।’

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : ५५ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।