एसपीलाई आमाचकारी गाली गर्ने अशोक यादवका आपराधिक मुद्दाको फेहरिस्त प्रहरीद्वारा सार्वजनिक « Khabarhub

एसपीलाई आमाचकारी गाली गर्ने अशोक यादवका आपराधिक मुद्दाको फेहरिस्त प्रहरीद्वारा सार्वजनिक


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवमाथि लागेका आपराधिक मुद्दा प्रहरीले सार्वजनिक गरेको छ ।

सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गर्ने जसपाका नेता यादवमाथि चोरी, अभद्र व्यवहार, र ज्यान मार्ने उद्योग जस्ता गम्भीर आपराधिक मुद्दा दर्ता रहेको प्रहरीले सार्वजनिक गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश नेता तथा पूर्व प्रदेशसभा सदस्य यादवका कसुरमाथि लागेका मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीले शनिबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार यादव पटक–पटक आपराधिक गतिविधिमा संलग्न भएको देखिएको छ ।

पछिल्लो पटक एसपी खड्कालाई फोनमा गाली गर्ने यादवलाई आपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। यसअघि पनि उनीमाथि विभिन्न मुद्दा लागेका थिए ।

बिहीबार राति सर्लाहीका एसपी खड्का र जसपाका प्रदेश अध्यक्ष यादवबिच फोनमा गालीगलौज भएको अडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यादवले एसपी खड्कालाई प्रहरीले कमिसन उठाएर खाएको आरोप लगाएका छन् ।

जसपा नेता यादवलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरेको सर्लाही प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार असार १३ गते पूर्वाधार कार्यालयले शान्ति सुरक्षाको प्रबन्ध गर्न निवेदन दिएको थियो । सोही निवेदन अनुसार प्रहरीले सुरक्षा दिँदा विवाद उत्पन्न भएको हो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ७ : १३ बजे

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी