रुम्टाखोलामा पक्की पुल, बर्खामा सवारिसाधन ठप्प हुने समस्याको अन्त्य « Khabarhub

रुम्टाखोलामा पक्की पुल, बर्खामा सवारिसाधन ठप्प हुने समस्याको अन्त्य


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

गलकोट– आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको निर्माण व्यवसायीले एक वर्ष अघि सम्पन्न गरेको छ । बागलुङको दक्षिण भेग कुश्मिसेराबाट बरेङ हुँदै शान्तिपुर जोड्ने सडकको रुम्टाखोलामा एक वर्ष अघि पुल निर्माण गरिएको हो । 

पुल अभावमा वर्षायाममा सवारिसाधन ठप्प हुने समस्या अन्त्य भएको भन्दै स्थानीय हर्षित भएका छन् । पुलबाट पछिल्लो एक सातायता सवारिसाधन सञ्चालनमा आउन थालेका हुन् । 

जैमिनी नगरपालिका–९ र १० का नागरिकलाई पालिका सदरमुकाम कुश्मीसेरा बजारसँग जोड्ने उक्त पुल निर्माणका लागि २०८३ वैशाख १० गतेसम्म सम्झौता मिति भए पनि अहिले तयार भइसकेको हो । पुल निर्माण अन्तिम चरणमा पुगेपछि वर्षामा सवारिसाधन तार्ने तयारी गरिएको छ । निर्माण कम्पनी सूर्योदय कन्स्ट्रक्सन पर्वतले रु छ करोड नौ लाख ४६ हजार ३६७ लागतमा उक्त पुल निर्माण सम्पन्न गरेको जनाएको छ । 

अधिकांश काम सकिएकाले वर्षामा खोला जलसतह बढ्न थालेपछी पुलबाट सवारिसाधन सञ्चालन गर्न-गराउन थालिएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका इन्जिनियर गोविन्दप्रसाद चौधरीले बताए। उनले वर्षामा सवारीसधान नरोकिने गरी पुलसँग जोडिएको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको जानकारी दिए । विसं २०८१ वैशाख ११ गते दुई वर्षमा पुल निर्माण सक्नेगरी सम्झौता भएकोमा एक वर्षमा सम्पन्न भएको उनको भनाइ छ । 

‘यो वर्षामा सवारीसाधन गुड्न थालिसकेका छन्, सामान्य काम बाँकी भएपनि खोला बढेकाले सवारिसाधन सञ्चालन थालिएको हो । कुस्मीसेरा–बरेङ–शान्तिपुर सडक विसं २०६५ मा निर्माण सम्पन्न भएर यातायात सञ्चालनमा आए पनि रुम्टाखोलामा पुल नहुँदा जैमिनी–९ पयैँ र १० राङ्खानीसँगै सिङ्गो बरेङ गाउँपालिकाका नागरिकले वर्षायाममा सास्ती खेप्नुपर्ने बाध्यता थियो’, चौधरीले भने। 

यसअघि पुल नहुँदा यातायात ठप्प भएपछि जैमिनी–९ र १० का नागरिक पालिका सदरमुकामसँगै सम्पर्कविहीन हुने गरेका उनको भनाइ छ ।

सडक निर्माण भएको १७ वर्षपछि उक्त रुम्टाखोलामा पुल बनेपछि दक्षिण बागलुङसँगै गुल्मी शान्तिपुरसम्मका स्थानीयलाई सहजता भएको छ । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का लगाएर पुल निर्माण गरेको हो । कुल आठ करोड एक लाख ५९ हजार ६०८ लागत अनुमान रहेकामा निर्माण कम्पनीले रु छ करोड नौ लाख ४६ हजार ३६७ लागतमा निर्माणको जिम्मा लिएको थियो । 

इमानदारीपूर्वक काम गर्दा समयभन्दा अगाडि काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि राम क्षत्रीले बताए। उनले जनताले यो वर्षामा सास्ती खेप्न नपरोस् भनेर आफूले तीव्र गतिमा काम गरेको उल्लेख गरे। 

पुल वरपर मेसिनरी वाल र ग्याबिन जाली भर्ने काम अन्तिम चरणमा पुगेको क्षत्रीले बताए । पुल हस्तान्तरणका लागि केही काम बाँकी भएपनि सवारिसाधन गुडाउन समस्या नरहेको उनको भनाइ छ ।

रुम्टाखोला पुलले जैमिनी नगरपालिकासँगै बरेङ गाउँपालिका र गुल्मीका हजाराँै नागरिकलाई सहजता प्रदान गर्ने जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए।

‘निर्माण व्यवसायीको चरम ढिलासुस्ती खेपिरहेको जैमिनी नगरपालिकामा सूर्योदय कन्ट्रक्सनले सम्झौता अगावै पुल निर्माण गरेको हो’, उनले भने।

उक्त सडकको माथिल्लो खण्ड राङ्खानी–बरेङमा कालोपत्र भइसके पनि तल्लो खण्ड कुस्मीसेरा–राङ्खानी खण्ड भने अलपत्र बनेको छ । कालोपत्रका लागि चौथो पटक म्याद थप्दासमेत सडक कालोत्र हुन नसकेको उपप्रमुख शर्माले बताए।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ७ : ५३ बजे

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी