उज्बेकिस्तानसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक « Khabarhub

उज्बेकिस्तानसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा नेपालले शनिबार उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेलका लागि नेपालले आफ्नो सुरुवाती ११ खेलाडीको घोषणा गरिसकेको छ।

श्रीलंकाविरुद्धको अघिल्लो खेलमा मैदान उत्रिएको टोलीमा एक मात्र परिवर्तन गरिएको छ। प्रीति राईको स्थानमा मिडफिल्डर पूजा रानालाई अवसर दिइएको छ ।

नेपालको गोलपोस्टको जिम्मेवारी अन्जना रानामगरले सम्हाल्नेछिन्। रक्षा पंक्तिमा समीक्षा घिमिरे, गीता राना र निशा थोकर रहनेछन्।

मिडफिल्डमा पूजा रानासँगै रेनुका नगरकोटे, सरस्वती हमाल, सबिता रानामगर र अनिता बस्नेत खेल्ने छन्।

आक्रमणको अग्रपंक्तिमा भने अनुभवी स्ट्राइकर साबित्रा भण्डारीलाई रश्मी घिसिङले साथ दिनेछिन्। समूह चरणको यो निर्णायक खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : २२ बजे

घोषणा पत्रमा दलका उडन्ते योजना, विज्ञ भन्छन् : औकातबिनाको महत्वाकाङ्क्षा कसरी पूरा होला ?

काठमाडौं- सडक समयमै नबन्दा हजुरबुबादेखि नाती पुस्तासम्मले भोग्नुपर्ने वर्षौँदेखिको सास्ती

फागुन २९ मा आउने फिल्म ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं – फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक भएको छ

‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीतमा विराज र सुपुष्पाको रोमान्स

काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शनमा आउन लागेको नायक विराज

बदर मत घटाउन गाउँगाउँमा स्वयम्सेवक परिचालन

वालिङ– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले बदर मतको सङ्ख्या घटाउन गाउँगाउँमा

लिचीबारी भ्रष्टाचार मुद्दामा रञ्जितालाई राहत, पाँच लाख धरौटीमा छोड्न आदेश

काठमाडौं- पोखरास्थित लिचीबारी बगानको जग्गा हडप्न बिचौलियासँग मिलेर घुस लेनदेनमा