उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि « Khabarhub

एएफसी महिला एसियन कप छनोट

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को निर्णायक खेलमा नेपाल पहिलो हाफमा उज्बेकिस्तानसँग ३–१ ले पछि परेको छ।

खेलको सुरुवातमै उज्बेकिस्तानले दबाब बनाएको थियो। दोस्रो मिनेटमै उज्बेकिस्तानले पहिलो गोल गर्दै अग्रता लियो। त्यसपछि ११औं मिनेटमा पुनः एक गोल थप्दै उनीहरूले अग्रता दोब्बर पारे।

दोस्रो गोल टोली कप्तानको प्रयासबाट भएको थियो। उनले बाँया विंगबाट प्रहार गर्दा नेपाली डिफेन्डर समीक्षा घिमिरेलाई लागेर बल पोष्टमा गएको थियो ।

२४औं मिनेटमा नेपालकी कप्तान साबित्रा भण्डारीले एक उत्कृष्ट गोल गर्दै नेपाललाई खेलमा फर्काउने आशा जगाइन्। तर त्यो आशा धेरै समय टिक्न सकेन। ३९औं मिनेटमा उज्बेकिस्तानकी शोएमोभले पेनाल्टीमार्फत गोल गर्दै टिमको अग्रता फेरि दुई गोलले बढाइन्।

यद्यपि पहिलो हाफको अन्त्यमा नेपालका लागि राहतदायक बन्यो । उज्बेकिस्तानकी खेलाडी एन. एर्गासेभाले दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिइन्। यससँगै उज्बेकिस्तान अब दोस्रो हाफ १० खेलाडीमा सिमित हुनेछ।

पहिलो हाफमै नेपालले एक खेलाडी परिवर्तन गरेको छ। डिफेन्डर निशा थोकरको स्थानमा प्रीति राई ३०औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन्।

यो खेलको विजेता टोलीले एएफसी महिला एसियन कप २०२६ मा स्थान बनाउनेछ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : २३ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका