च्याटजीपीटीको प्रयोगमा गिरावट « Khabarhub

च्याटजीपीटीको प्रयोगमा गिरावट


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२२ पछि पहिलो पटक व्यवसायिक कम्पनीहरूमा च्याटजीपीटीको प्रयोगमा कमी आएको एक प्रतिवेदनले जनाएको छ । युरोन्यूजको समाचार अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबाट च्याटजीपीटीको लोकप्रियता व्यवसायिक संस्थाहरुमा घट्दै गएको छ ।

नेटस्कोपको तथ्याङ्कका अनुसार सन् २०२५ को पहिलो छ महिनामा यसको प्रयोगमा उल्लेखनीय कमी देखाएको हो । प्रतिवेदनले कम्पनीहरूले डेटा गोपनीयता र सुरक्षा चिन्ताका कारण च्याटजीपीटीको प्रयोग सीमित गरेको प्रतिवेदनमा उल्लेख छ । धेरै व्यवसायहरूले संवेदनशील जानकारी चुहावट हुने जोखिमका कारण सावधानी अपनाएका छन् ।

साथै, केही कम्पनीहरूले आफ्नै आन्तरिक एआई उपकरणहरू विकास गर्न थालेका छन्, जसले च्याटजीपीटीको प्रयोग घटाएको हो । यद्यपि, च्याटजिपिटी अझै पनि विश्वभरका व्यवसायहरूमा लोकप्रिय छ ।

तर, प्रतिवेदनले एआई उपकरणहरूको प्रयोगमा बढ्दो प्रतिस्पर्धा र नियामकको दबाबले भविष्यमा यस्ता प्रविधिको प्रयोगलाई थप प्रभावित गर्न सक्ने संकेत गरेको छ ।

यो कमीले च्याटजिपिटीको विकासकर्ता ओपनएआईमाथि नयाँ रणनीति बनाउन दबाब बढाएको जनाइएको छ । कम्पनीले प्रयोगकर्ताको विश्वास जित्न र बजार हिस्सा कायम राख्न थप सुरक्षित र प्रभावकारी उपायहरू ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : १० बजे

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले