प्रतिवादमा उत्रिँदै भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’  « Khabarhub

प्रतिवादमा उत्रिँदै भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’ 


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले रूसबाट तेल आयातको विषयमा अमेरिकासहित पश्चिमी राष्ट्रहरूको आलोचना अस्वीकार गर्दै कडा प्रतिक्रिया दिएको छ ।

भारतीय विदेश मन्त्रालयले सोमबार सार्वजनिक गरेको वक्तव्यमा संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा भारतप्रति गरिएको निशानालाई ‘अनुचित र अविवेकपूर्ण’ भन्दै निन्दा  गरेको छ ।

वक्तव्यमा भनिएको छ, ‘भारतले रूसबाट तेल आयात युक्रेन द्वन्द्वपछि मात्रै सुरु गरेको हो, त्यो पनि परम्परागत आपूर्तिहरू युरोपतिर मोडिएपछि। त्यतिबेला त संयुक्त राज्य अमेरिका स्वयंले भारतलाई यस्तो आयात गर्न प्रोत्साहित गरेको थियो, ताकि विश्व ऊर्जा बजारमा स्थायित्व रहोस् ।’

भारतले आफ्नो तेल आयातलाई भारतीय उपभोक्ताका लागि पूर्वानुमान गर्न मिल्ने र सुलभ मूल्य सुनिश्चित गर्ने उपायको रूपमा देखाएको छ । वक्तव्यमा भनिएको छ, ‘भारतको यस्तो आयात आवश्यकताले प्रेरित भएको हो । तर भारतबारे आलोचना गर्ने थुप्रै मुलुकहरू आफैँ रूससँग व्यापार गरिरहेका छन् । ती मुलुकहरूको रूससँगको व्यापार कुनै पनि राष्ट्रिय अनिवार्यताको कारण भएको छैन।’

भारतको तुलनामा युरोपेली संघले सन् २०२४ मा रूससँग ६७.५ अर्ब युरोको वस्तु व्यापार गरेको तथा २०२३ मा १७.२ अर्ब युरो बराबरको सेवा व्यापार गरेको विदेश मन्त्रालयले उल्लेख गरेको छ । यो भारतको कुल व्यापारभन्दा धेरै भएको तथ्य पनि वक्तव्यमा प्रस्तुत गरिएको छ।

युरोपले सन् २०२४ मा रूसबाट १६.५ मिलियन टन एलएनजी आयात गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ, जुन सन् २०२२ को कीर्तिमानभन्दा पनि बढी हो।

त्यस्तै, युरोप–रूस व्यापारमा ऊर्जा मात्र नभई मल, खानीजन्य पदार्थ, रसायन, फलाम र स्टिल तथा मेसिनरी र यातायात उपकरणहरू पनि समावेश भएको भारतले जनाएको छ ।

संयुक्त राज्य अमेरिका स्वयम्‌ले पनि आफ्ना आणविक उद्योगका लागि युरेनियम हेक्साफ्लोराइड, विद्युतीय सवारी साधनका लागि प्यालाडियम, मल र रसायनहरू रूसबाट आयात गरिरहेको भारतले स्मरण गराएको छ ।

वक्तव्यको अन्त्यमा भनिएको छ, ‘यस सन्दर्भमा भारतमाथिको निशाना अनुचित र अविवेकपूर्ण छ । कुनै ठूलो अर्थतन्त्रझैँ भारतले पनि आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाको संरक्षणका लागि आवश्यक सबै कदमहरू चाल्नेछ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : ०७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक